निर्मलाका निम्ति न्याय–  चुपलागेर नबसौ न्याय मर्न नदिउँ



दाङ १६ असोज । निर्मलाका निम्ति न्याय – चुपलागेर नबसौ न्याय मर्न नदिउँ लेखिएका प्लेकार्ड सबैका हात हातमा देखिन्थे । भने सहभागि अन्य महिला अधिकारकर्मी टाउँकोमा कालोफेटा समेत बाधेको देखिन्थ्यो । कन्चनपुरकी निर्मला पन्तको हत्यामा सलग्नलाई कारवाहीको माग गर्दै दाङमा विरोध प्रर्दशन गरिएको छ । महिला मानवअधिकार रंक्षक संजालको महिला अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाको पहलमा विरोेध प्रर्दशन गरिएको महिला मानव अधिकार संञ्जालका केन्द्रिय सचिव लक्ष्मी आचार्यले जानकारी दिनुभयो ।

तुलसीपुर चोकमा विरोध प्रर्दशन गर्दै अधिकारकर्मीहरुले सुरक्षित ढंगले बाँच्न पाउने अधिकारको माग गरेका छन् ।  विरोध सभामा राजनितिक दल, नागरिक समाज, अधिकारकर्मी वकिल, पत्रकार र सर्वसाधारण नागरिकको सहभागिता थियो ।तुलसीपुर चोकमा विरोध प्रर्दशन गर्दै अधिकारकर्मीहरुले सुरक्षित ढंगले बाँच्न पाउने अधिकारको माग गरेका छन् । मौन बसेको सरकार किन बढ्दै छ बलात्कार, चुप लागेर नबसौ न्याय मर्न नदेउ, दोषीलाई कार्वाही र पिडितलाई न्याय देउ जस्ता नारा लेखिएको प्लेकार्ड छातीमा टासेर अधिकार विरोध र्यालीमा उत्रिएका हुन । विरोध सभामा राजनितिक दल, नागरिक समाज, अधिकारकर्मी वकिल, पत्रकार र सर्वसाधारण नागरिकको सहभागिता थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्