घोराहीमा सेल्फीको चर्चा



रोम थापा मगर

दाङ   १६ असोज । पत्रकार  सविन प्रियासनको सेल्फी उपन्यास को परिचर्चात्मक कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । परिचर्चा कार्यक्रम घोराही स्थित उच्च मावि रझेनामा सम्पन्न भएको हो ।

 

कार्यक्रममा प्रमुख अतिथि तथा रझेना माध्यामिक विद्यालयका प्रधानाध्याप उद्यव न्यौपानेले सेल्फी उपन्यासले जीवनको संर्षष लाई देखाइएको भन्दै सबैले उपन्यास पढ्न पनि आग्रह गर्नुभएको थियो ।लामो समय देखि नै साहित्य र पत्रकारिता क्षेत्रमा कलम चलाउदै आउनुभएका पत्रकार तथा साहित्यकार सविन प्रियासनले लेखेका कृतिहरुमा जीवन संघर्स , आत्म निर्भता जस्ता विविध पक्षहरु समेटिएको वताउँनुभयो ।

त्यस अबसरमा बोल्दै उपन्यासका लेखक सविन प्रियासनले सन्देश मुलक कृति बजारमा रहेको वताउँनुभयो । उहाले भन्नुभयो सेल्फी एउटा उपन्यास हो यो वास्तविक जीवनसँग लेखिएको छ भन्नुभयो ।

कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरु , शिक्षक तथा पत्रकारहरुको सहभागी रहेको थियो । कक्षा १२ का छात्र प्रेम पुन मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण पत्रकार नविन अभिलासीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्