नवनिर्वाचित अध्यक्ष द्वारा पदभार ग्रहण



सैघाली खबर
घोराही ८ , साउन । परिवार सेवा समाज दाङका नवनिर्वाचित अध्यक्ष केशव नेपाली आईतवार पदभार ग्रहण गरेका छन । 

शनिवार घोराहीमा सम्पन्न समाजको प्रथम अधिवेशन वाट सर्वसम्मत चयन भएका अध्यक्ष नेपालीले जातिय सद्भाव र समानता लाई कायम राख्दै जातिय उत्पिडनको शिकारमा परेको दलित समुदाय र अझै दमाई समुदायको उत्थानका लागि समाजले सक्दो सहयोग र उत्थानका लागि काम गर्ने वताए । पदभार ग्रहण गर्दै अध्यक्ष नेपालीले परियार समुदायको साथ र सहयोगले समुदायको विकास गर्ने प्रतिवद्ध रहेको वताएका थिए ।

कार्यक्रम समाजको सल्लाहाकार प्रकाश नेपालीले परियार सेवा समाज जातिय सद्भाव र एकताको प्रयास वाट जातिय समानता कायम गर्दै जातिय समानता र विभेद मुक्त जातिय समानताको समाज निर्माण गर्न अघि वढ््ने वताएका थिए । कार्यक्तमको सहजीकरण समाजका सह–सचिव दिलिप परियारले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्