शान्ति दिप प्रज्वलन



दाङ,१७ असोज । मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले अन्तर्रा्ष्ट्रिय अहिँसा दिवसको अबसरमा तुलसीपुर शान्ति दिप प्रज्वलन गरेको हो । सो अबसरमा बोल्ने बक्ताहरुले समाजलाई हिसा मुक्त गर्न सरकारको भुमिका पारदर्शी हुनुपर्नेमा जोड दिएका थिए ।

 

अपराधीलाई राज्यले विभिन्न बहानामा सरक्षण गर्ने पद्धति बिकास भैरहेको भन्दै त्यस्ता कार्य तत्काल रोक्नुपर्ने बताएका छन् । कार्यक्रम शान्ति समाज दाङका जिल्ला सभापति शरद रेग्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्