स्वस्तिमाको फेरिएको लुक्स



सैघाली खबर, १७ असोज ।

नायिका स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘बुलबुल’ को छायांकन सकिएको छ । २५ दिनमा सुटिङ सकिएको फिल्मको निर्देशक विनोद पौडेलले गरेका छन् ।

फागुन ३ गते रिलिज हुने फिल्मको खिच्न बाँकी एउटा गीतको पनि हालै छायांकन गरिएको छ । ‘साँघुरो’ का लेखक पौडेलको फिचर फिल्ममा यो डेब्यु निर्देशन हो । फिल्मले टेम्पो चालक महिलाको दुनियाँलाई पर्दामा प्रस्तुत गर्ने छ । फिल्ममा स्वस्तिमाले टेम्पो चालकको भूमिका निर्वाह गरेकी छिन्।

उनले एक महिनाभन्दा बढी समय दिएर टेम्पो चलाउन सिकेकी थिइन् । फिल्ममा लक्ष्मी बर्देवाले स्वस्तिमाको टेम्पो चालक साथीको भूमिका निर्वाह गरेकी छिन् । फिल्ममा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, आशिका पाण्डे आदि कलाकारको अभिनय रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्