सोनापुर सिमेन्टमा एक महिना देखि अत्याधिक धुलो, स्थानिय बसिन्दा चिन्तित



जनक नेपाली

दाङ ८, साउन । तुलसिपुर उपमहानगरपालिका १८ दुधरास स्थित सोनापुर सिमेन्ट उद्योगबाट एक महिना अघि देखि अत्याधिक मात्रामा धुलो निस्कन थालेको छ । उद्योग बाट निस्कने धुलोका कारण स्थानिय बासिन्दाहरु चिन्तित बनेका छन् । जस्का कारण त्यस क्षेत्रमा बस्दै आएका सर्बसाधारणको दैनिकी समस्या ग्रस्त बनेको स्थानिय गाउँलेहरुले वताएका छन् ।

केही महिना देखि उद्योगबाट धुवाको मुस्लो निस्किएको वताउँदै त्यसलाई नियन्त्रण गर्नका लागि उद्योगले कुनै पहल नगरेको स्थानियवासी शंकर नेपालीले वताउनुभयो । धुलोकै कारण स्थानीय र उद्योगबीच विवाद पनि बढ्न थालेको छ। उद्योग खुलेसँगै पानीको स्रोत सुकेर कृषि उत्पादन घट्न थालेपछि धेरै रुपैयाँ लिएर जमीन बेचेकोमा स्थानिय गाउँलेहरु नै पछुताउनु पर्ने अबस्था आएको नेपालीको भनाई छ । उहाँ भन्नु हुन्छ अहिले त उद्योगको धूलोले घरमा समेत बस्न नसक्ने बनाएको छ। उद्योगको छेउमा घर भएकी सावित्रा नेपाली उद्योगको धूलोले केटाकेटीको स्वास्थ्यलाई बढी असर पारेको बताउँबताउनुभयो ।

एक महिना देखि धुवाको मुस्लो फाले पनि यसबारेमा उद्योग चुपचाप बसेको उहाँको भनाई छ । उद्योग स्थापना भएको केही समय सम्म धुलो नियन्त्रण गरेको थियो तर अहिले यस्तो अबस्था छैन उहाँ साबित्राले भन्नुभयो ।२०६८ को अन्त्यदेखि सञ्चालनमा आएको उद्योगले दैनिक १ हजार ५० टन क्लिङ्कर उत्पादन गर्दे आएको छ । धूलोले परेका समस्याका बारेमा कुरा गर्दै उद्योगका नायब महाप्रबन्धक रेमन्त ढकाल धूलो उद्योगमा जडान गरिएका १६ सय व्यागफिल्टर मध्य ८ सय व्याग फिल्टर फाटेका कारण अत्याधिक मात्रामा धुलो निस्किएको वतउनुभयो । फाटेका व्याग फिल्टर मध्य सबै उद्योगमा आई सेको भन्दै अबको १० / १२ दिनमै धुलो नियन्त्रण हुने ढकालको भनाई छ ।

उहाँले भन्नुभयो धुवा धुलो नियन्त्रण गर्ने ब्यागफिल्टर र ईएसपी मेशीन जडान गरिएकोले भनिए जस्तो धूलो नउडेको दावी गर्नु हुन्छ । सरकारको मापदण्ड अनुसार नै उद्योग सञ्चालन भइरहेको उहाँको भनाइ छ। उद्योगले फैलाएको प्रदूषण नाप्ने यन्त्र समेत जडान गरिएको उहाँले वताउनुभयो ।   बसाइँ सर्दै गाउँले सिमेन्ट उद्योगको प्रदूषण झेल्न नसकेर कैयौंले बसाइँ नै सारेका छन्। सिमेन्ट उद्योग आएपछि सोनापुर आसपासका एकसय घर बसाइँ सरेको सोनापुर स्थानिय गाउँलेहरुले वताएका छन । उद्योग आसपास क्षेत्रमा उत्पादन घट्ने,पानीका श्रोतहरु सुक्ने, मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिएका कारण बसाई सर्ने क्रमम बढेको गाउँलेहरुले वताएका छन  । आँप, लिची लगायतका फलफूलहरू फुल्नै छाडेको पनि उनले बताए।

सम्झौता हुन्छ, कार्यान्वयन हुन्न सोनापुर उद्योगले ल्याएको समस्याबारे जिल्ला प्रशासन कार्यालयको रोहवरमा धेरै पटक छलफल भइसकेको छ। ती छलफलपछि पनि भएका सम्झौता उद्योगले कार्यान्वयन नगरेको अर्का स्थानिय वासिन्दा रामु रोकाले वताउनुभयो ।

 प्रदूषण मापन यन्त्र जडान गर्ने, यन्त्रले देखाएको नतीजाको स्वतन्त्र, सरकारी तवरबाट ६ महीनाभित्र अनुगमन गर्ने विश्लेषण गर्ने, प्रदूषण मापक यन्त्रले देखाएको प्रदूषण अंक वार्ता, हरेक हप्ता सार्वजनिक गर्ने, प्रदूषण न्यूनीकरण गर्न तत्काल वृक्षरोपण र तारबार गर्ने, उद्योग परिसर सफा राख्ने, नजिकको सामुदायिक वनमा उद्योगले फोहोर नगर्ने, उद्योगको तर्फबाट स्याउला, दाउरा र घाँसपात कटान नगर्ने, उद्योगलाई आवश्यक पर्ने उद्योग वरिपरिको जग्गा खरीद गर्दा वार्ता समितिसँग समन्वय गर्ने, नेपाल सरकारले तोकेको मापदण्डभन्दा बढी प्रदूषण पाइएमा तुरुन्तै न्यूनीकरण गर्ने उल्लेख छ। तर, सम्झौतामा उल्लेख भएका कुनै बुँदा कार्यान्वयन भएको छैन।  

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्