नेपाल एयरलाइन्सले टरीगाउँ विमानस्थल नियमित बाट उडान भर्ने तयारी – यस्तो छ तालिका



दाङ १८ असोज ।  नेपाल एयरलाइन्सले पहिलो चरणमा हप्तमा दुई पटक दाङको तुलसीपुर स्थित टरीगाउँ विमानस्थलबाट उडान भर्ने भएको छ । एयरलाइन्सले उडान तालिकामा राखेपछि हप्ताको दुई पटक सोमबार र शुक्रबार जहाज उड्ने भएको हो । नियमित जहाज संचालनका लागि पहल गर्ने मध्यका एक, संघिय सांसद मेटमणी चौंधरीका अनुसार ११ः४५–१३ः२० र १३ः३५–१५ः१० को समय तालिका निर्धारण गरिएको छ ।

एक हप्ता पछि एयरलाइन्सले दैनिक उडान भर्ने छ । यात्रुको चापका आधारमा उडान सेवालाई बढाउदै लगिने बताईको छ । तुलसीपुर–काठमान्डौको भाडा चार हजार, चार हजार पाँच सय र पाँच हजार पाँच सय निर्धारण गरिएको सांसद चौंधरीले जानकारी दिनुभयो । अव जिल्ला बासीहरु तुलसीपुर काठमान्डौ या तुलसीपुर भैरहवा वा भैरहवा तुलसीपुर पनि सजीलै यात्र गर्न सक्ने भएका छन् ।

इन्धन भर्नु पर्ने भएकाले आउँदा र जाँदा जहाज भैरहवा भएर जानुपर्ने छ । टिकेटको व्यवस्था एयरलाइन्सले आफै गर्ने बताए पनि तत्कालका लागि भने तुलसीपुर उपमहानगरपालिले व्यवस्थापन गर्ने सहमति भएको छ । यसैविच इन्धन डिपो राख्ने विषयमा पनि छलफल भएको बुझीएको छ ।

 

उदुयोग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव, सांसद मेटमणी चौंधरी, तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डे बीच भएको छलफलमा दुई महिना भित्र देखिने गरी काम गर्ने सहमति भएको छ । ‘नयाँ किन्न नसकेपनि मध्यमखालको (दोस्रो दर्जाको) इन्धन डिपो राख्ने र त्यसका लागि आवश्यक पर्ने करिब ७५ लाख नगरपालिकाले जुटाउने कुरो भएको छ ,’–सांसद चौधरीले भन्नुभयो, ‘छड पर्वपछि आपूर्ति मन्त्री आफै दाङमा पुगेर हेरेपछि काम सुरु हुन्छ ।

 

मध्यमखालको इन्धन डिपो खरिदका विषयमा अनौपचारीक रुपमा कुरा चलेको चौधरीलेबताउनुभयो । यता तुलसीपुरका व्यापारीहरु नियमित चहाज चल्ने भएपछि खुशी भएका छन् । ‘हामीहरुलाई सामान ल्याउन काठमान्डौ गैरहनुपर्छ,’– तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीले भन्नुभयो ,‘ जहाज चल्दा समयको बचत र आरामदायी यात्रा हुनेभयो ।

 

काठमान्डौजादा जिर्ण सडक र जामका कारण ३६ घन्टा बसमा विताउनु परेको दुःखेसो सुनाउदै अध्यक्ष घर्तीले अब एकै दिनमा काठमान्डौ पुगेर सामान दाङमा ल्याउन सकिने बताउनुभयो । नियमित उडान भएमा तुलसीपुरको व्यापार व्यवसायमा पनि ठूलो मात्रामा वृद्धिहुने जिल्ला बासीले अपेक्षा गरेका छन् ।

‘तुलसीपुरमा जहाज बस्ने भयो भने रोल्पा, रुकुम र सल्यानका मान्छे यहाँ आउँछन,’– व्यापारी प्रेम बाँठाले भन्नुभयो ‘ जसले गर्दा यहाको व्यापार व्यवसाय पनि बढ्छ ।’ जहाज चल्छ भन्ने हल्ला धेरै पटक भए पनि यसले निरन्तरता नपाएको भन्दै व्यापारी बाँठाले अब जसरी भएपनि सबै मिलेर सधैभरी चल्ने वातावरण तयार गर्नु पर्ने बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्