थोरै घट्यो सुनको मुल्य, तोलाकाे कति पुग्यो ?



काठमाडौं। साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य १ सयले रुपैयाँले घटेको छ ।

बुधबार बजारमा छापावाल सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज घटेरबजारमा सुन प्रतितोला ५८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बुधबार तेजावी सुन प्रतितोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर बजारमा सुन प्रतितोला ५८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, बिहीबार बजारमा चाँदीको मूल्यमा पाँच रुपैयाँले घटेको छ ।

बुधबार बजारमा चाँदी प्रतितोला मूल्य ७५० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर चाँदी प्रतितोला ७४५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्