विशारद बस्नेतको ‘न यता न उता’



सैघाली खबर, १८ असोज ।

मिराज रोश र विशारद बस्नेतको निर्देशन रहेको फिल्म ‘न यता न उता’ को टिजर सार्वजनिक भएको छ । कमेडि कथामा आधारित रहेको फिल्ममा दुई साथी विदेशबाट नेपाल फर्किएको प्रसंग देखाईएको छ । नायिका ऋचा शर्माको टिजरमा संवाद मात्रै सुन्न सकिन्छ ।

फिल्ममा समिर दिक्षित, मिराज रोश, ऋचा शर्मा, बुद्धी तामाङ, छुल्ठिम गुरुङ, नम्रता सापकोटा, राजाराम पौडेल, कमल मणी नेपाल, जीवन भट्टराई, लुनिभा तुलाधर, भिमा मैनाली, राजन खतिवडा, रविन्द्र झा, विशारद बस्नेत, लुनिभा तुलाधर, अन्ना देउजा, सागर ढकाल, पवन ढकाल, जयानन्द्र लामा लगायतका कलाकारको अभिनय रहेको छ ।

कथा लेखन मिराज रोशको रहेको छ भने संवाद अभिमन्य निरावीको रहेको छ । विक्रम स्वरले कोरियोग्राफी गरेका छन भने सिनेम्याटोग्राफी अरोन अशोक कुमारको रहेको छ । संगीत मिलन जलन, राजन र सुरज विक्रम थापाले भरेका छन् भने शब्द एकनारायण भण्डारीको रहेको छ । फिल्मलाई रिना लामाले निर्माण गरेकी हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्