अस्थायी इन्धन डिपो



दाङ १८ – असोज । तुलसीपुर उपमहानगरपालिकामा अस्थायी इन्धन डिपो स्थापना हुने भएको छ ।
मन्त्रीपरिषद्को वैठकले तुलसीपुरको टरिगाउँ विमानस्थलमा अस्थायी इन्धन डिपो स्थापना गर्ने निर्णय गरेको हो ।

इन्धन डिपोको कारण देखाउँदै समय समयमा विमान कम्पनीहरुले सेवा वन्द गरिरहेको अवस्थामा अस्थायी रुपमा तत्काललाई व्यवस्था गरिएको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए । उनले सभामुख कृष्णवहादुर महराको सक्रियतामा इन्धन डिपो स्थापना हुन लागेको पनि जानकारी दिए ।

तुलसीपुरमा विमानस्थल सञ्चालनका लागि लामो समयदेखि क्रियाशिल रहदै आएका प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले तुलसीपुर विमानस्थलमा इन्धन डिपो स्थापनासँगै विमान सेवा नियमित हुने वताए ।

विमानस्थल सञ्चालन र इन्धन डिपो स्थापनाका लागि काठमाडौमा रहेर पहल गरिररहेका नगरप्रमुख पाण्डेले दशै लगत्तै विमान सेवा निरन्तर हुने पनि वताए । ।

इन्धन डिपो स्थापना र विमानस्थल सञ्चालनका लागि नगरप्रमुख घनश्याम पाण्डे, प्रतिनिधि सभा सदस्य मेटमणी चौधरी,नेकपाका नेता सुरामणी वेलवासे, तुलसीपुर खानेपानी तथा सरसफाई संस्थानका अध्यक्ष खेमराज वली लगायतकाहरुले उच्चपदस्थ व्यक्तिहरुसँग निरन्तर भेटघाट गरिरहेका छन् ।

तुलसीपुरमा इन्धन डिपो स्थापना हुन नसक्दा लामो समयदेखि विमान कम्पनीहरुले सेवा दिन सकिरहेका थिएनन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्