स्वस्थ जीवनको आधार जीवनशैलीमा सुधार



स्वस्थ रहनको लागि हामीले खानपानका साथै आफ्नो जीवनशैलीमा पनि धेरै सुधार गर्नुपर्छ।
स्वस्थ रहन चाहनुहुन्छ भने तपाईंले आफ्नो तर्फबाट केही मेहनत त गर्नैपर्छ किनभने मानिसको स्वास्थ्य भन्दा ठूलो धन अरु छैन ।

स्वस्थ जीवनशैली अपनाउनको लागि नियमित रुपले स्वस्थ खानुहोस्, व्यायामलाई आफ्नो दैनिक नियम बनाउनुहोस् र सरसफाइमा ध्यान दिनुहोस् ।
तौल घटाउन तपाईंले कहिल्यै पनि फ्याड डाइटिङ गर्नुहुन्न र पर्याप्त नसुत्ने बानीबाट बच्नुपर्छ ।
जीवनशैलीमा परिवर्तन ल्याउनको लागि आनीबानीमा थोरै सुधार गर्नुपर्छ तर, स्वास्थ्यमा परिवर्तन त्यतिखेर मात्रै हुन सक्छ जब तपाईं मेहनत गर्न तयार हुनुहुन्छ।

स्वस्थ जीवनयापनको लागि खानपानमा यसरी ध्यान दिनुहोस्ः

अस्वस्थ चिल्लोको मात्रा कम भएको खानेकुरा रोज्नुहोस्
अस्वस्थ फ्याट भन्नाले ट्रान्स र अनसेचुरेटेड फ्याट दुवै समावेश हुन्छ । यी फ्याटले शरीरमा एलडिएल कोलेस्टेरोल बढ्छ र यसले मुटु रोगको सम्भावना बढ्छ ।
जुन खानामा ट्रान्स फ्याट धेरै हुन्छ त्यसमा सर्टेनिङ र मार्गरिन समावेश आइटमहरु पर्छन् । जसमा आंशिक हाइड्रोजनेटेड आयलहरु हुन्छन् । बेक गरिएका खाना, फ्राइ गरिएका खाना, फ्रोजन पिज्जा र अन्य प्रशोधित खानामा धेरै ट्रान्सफ्याट हुन्छ ।

अनसेचुरेटेड फ्याटले भरिपूर्ण पदार्थमा पिज्जा, चीज, रातो मासु र फुल फ्याट डेरी प्रोडक्ट पर्छन् । कोकोनट आयलमा पनि अनसेचुरेटेड फ्याट धेरै हुन्छ र यसले गुड कोलेस्टेरोल पनि बढ्न सक्छ त्यस हिसाबले प्रयोग गर्दा भने कुनै समस्या हुँदैन ।

स्वस्थ फ्याट पनि कम सेवन गर्नुहोस्

पोली अनसेचुरेटेड र ओमेगा ३ फ्याट स्वस्थ जीवनशैलीको लागि उचित विकल्प हो । यी फ्याटले तपाईंको एलडी कोलेस्टेरोल कम गरेर एचडिएल कोलेस्टेरोललाई बढाउँछ जसले मुटुरोगको सम्भावना कम हुन्छ । त्यसैले ओलिभ, केनोला, सोया, पिनट र कर्न आयल रोज्नुहोस् ।

माछामा ओमेगा ३ फ्याटी एसिड धेरै हुन्छ । साल्मन, टूना, ट्राउट म्याकरिल सारडाइन जस्ता माछाहरु रोज्नुहोस् । ओमेगा २ फ्लेक्ससिड प्लान्ट आयल्स, नट्स र सीड्स जस्ता वनस्पतीबाट पनि पाउन सकिन्छ तर, तपाईंको शरीरले यसलाई छिटै पचाउन सक्दैन ।
सुगर र प्रशोधित कार्वोहाइड्रेट कम भएका खाना रोज्नुहोस्

मिठाई, सफ्ट ड्रिंक, धेरै गुलिया फ्रुट जुस र हृवाइट ब्रेडको सेवन कम गर्नुहोस् । यसको सट्टा फलफूल ताजा जुस र होल ग्रेन ब्रेड छान्नुहोस् ।
प्रशोधित खाना खानुको सट्टा विभिन्न प्रकारका होल फुड्स खानुहोस् । होल फुड्समा कार्बोहाइड्रेट प्रोटिन फ्याट र अन्य पदार्थहरुको सही समन्वय हुन्छ ।

फलफूल र सागसब्जी धेरै खानुहोस्

उच्च भिटामिन र मिनरलको मात्राको लागि फलहरु र सब्जीहरुको सेवन गर्नुहोस् । चिनी र नून धेरै हुने क्यानमा आउने सब्जीहरुकोे सट्टा ताजा फलफूल र सागसब्जीहरु खानुहोस् ।

प्रोटिनको लागि पातलो मासु, गेडागुडी र तोफुको सेवन गर्नुहोस् । होल ग्रेन युक्त गहुँको रोटी, पास्ता, ब्राउन राइसको मजा लिनुहोस् ।

कम फ्याटयुक्त डेरी प्रोडक्ट खानुहोस् । स्किम दूध र कम फ्याटयुक्त चीजले तपाईंको फ्याट सेवन कम गर्छ र तपाईंलाई क्याल्सियम भरपूर मात्रामा मिल्ने सुनिश्चित पनि गर्छ ,अर्गानिक खानेकुरालाई प्राथमिकता दिनुहोस।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्