मुक्त कमैयाहरुको प्रश्न ‘जनप्रतिनिधि ज्यु ! हाम्रा कुरा बिर्सनु भो’



गिरिराज नेपाली
दाङ ८ , श्रावण । व्यानेरमा ठुला– ठुला अक्षरले लेखिएको थियो – “मुक्त कमैयाहरुका सवालमा स्थानिय जनप्रतिनिधिहरु जवाफ” तर मुक्त कमैयाहरु आफ्ना पिडा र वेदना मन बुझ्ने गरेको पोखे , तर उनीहरुका पिडा र वेदना न सुनिदिने कोही भए ,न बुझ्ीदिने नै कोही थिए । मुक्त कमैयाहरु आफ्ना प्रतिनिधिहरुले आफ्ना अधिकार र न्यायका वारे केही भनिदेलान र सुनौला भन्ने आशमा बसेका मुक्तहरु एकहोरो आ–आपसमा पिडा पोखा–पोख गर्दै चित्त बुझाए ।


निर्वाचनका वेलामा जनप्रतिनिधिहरु राज्यले मुक्तीको अनुभुती नदिलाए पनि हामीले तपाईहरु लाई न्यायका लागि पहल गर्ने छौ । वालवच्चाहरुको उचित शिक्षा दिक्षाको व्यावस्था गर्नै छौ । राहात नपाएका , छुटमा परेका मुक्त कमैयाहरुको छुट लगत संकलन गरी राज्य वाट पाउन सक्ने राहातको व्यावस्था गर्ने छौ । भनि अनेकौ आश्वासन दिए । तर निर्वाचन सकिए लगतै जनप्रतिनिधिहरुले आ–आफ्ना योजना र कार्यनिति सार्वजनिक गरीरहदा हाम्रा वारे कस्ता योजना र निति कार्यक्रम निर्माण गरीरहेका छन । भनि जान्न खोज्दा जनप्रतिनिधिहरुले उपेक्षा गरेको आरोप लगाए ।
कमैया महिला जागरण समाज र मुक्त कमैया समाजले आईतवार घोराहीमा आयोजना गरेको कार्यक्रममा निर्वाचनका वेला थुप्रै आश्वासन दिए पनि जनप्रतिनिधिहरुको संगको सवाल जवाफ कार्यक्रममा जिल्लाका कुनै पनि जनप्रतिनिधिहरु सहभागी हुन सकेन । जनप्रतिनिधिहरु संगको सवादमा राखिएको कार्यक्रममा जनप्रतिनिधिहरु नआउदा जनप्रतिनिधिहरुले आफुहरु लाई उपेक्षित गरेको महसुस मुक्त कमैयाहरुले गरेको गुनासो गरे ।
पुर्व कमलहरी एंव कमलहरी अभियान्ता उर्मिला चौधरीले भनिन ‘ पण्डित पनि आफै, भक्त पनि आफै भयौ । ’ हाम्रा वारे सुनिदिने कोही भएनन । हाम्रा मागका विषयमा चुनावका वेलामा सवै कुरामा सधै सकारात्मक छौ । भन्दै जनप्रतिनिधिहरुले भोट माग्नु भयो । भोट हालेर जितायौ पनि तर अहिले हाम्रा सवाल र चाँसोका वारे फिटिक्क मुख खोल्न सक्नु हुदैन । मुक्त कमैयाहरु वारे जनप्रतिनिधिहरु संग कस्ता योजना र लक्ष्य रहेछन । भने वारे हामी सवै मुक्त कमैयाहरु लाई चाँसो छ । तर हाम्रा कुरा सुन्न कोही आउनु भएनन । उनले भनिन ‘घोराही उप–महानगरपालिकाको सभाहलमा कार्यक्रम भईरहदा समेत उप–महानगरपालिकाका प्रतिनिधि समेत उपस्थित नहुदा निकै चित्त दुख्यो । राज्यले हामी लाई उपेक्षित र विभेद ग¥यौ –ग¥यौ । तर जनप्रतिनिधिहरुले समेत हामी लाईै उपेक्षित गर्दा थप पिडित भएका छौ ।

राज्यले कमैया मुक्ती संगै मुक्त कमैया घरवाँसको व्यावस्था गरी सुरक्षित वसोवासको व्यावस्था घरवाँसको व्यावस्था गर्ने दोहोरो सहमति भएको थियो । तर त्यो पनि १७ वर्ष पुरा भयो । अहिले सम्म पनि त्यो कुनै कुरा पुरा भएनन । जनप्रतिनिधिहरु आउला र हामी लाई न्याय दिन्छन आश छ । भन्दै मुक्त कमैया सन्तोली चौधरीले आश व्यक्त गरेकी थिईन । उनले भनिन ‘ भोट दिएका वाटा चोट पायौ ।’ वेलैमा खबर गरी कार्यक्रममा आउनुहोला भनेका थियौ । तर उहाँहरुले नथाहा पाए जसरी टार्नु भयो । जस लाई हामीले हाम्रा भनि जिताऔ । उसले पनि यही व्यावहार देखाए । जनप्रतिनिधिहरुको खुल्ला वहस गरी न्यायको लागि केही सहजताका ढोका खोलिदेलान भन्ने आश थियो । त्यो पनि रहेन । राज्यले हाम्रा वारे संघियताको परिवर्तन संगै गाँउमा न्याय सहितका कस्ता अधिकार पठाएको छ । त्यो पनि जान्न मन छ । उनले भनिन ‘प्रतिनिधि ज्यु ! उतिवेलाका कुरा भुल्नु भयो ,हामीले अझै भुलेका छैनो भोटमा साटेका कुरा’


घोराही उप–महानगरपालिका मेयर नरुलाल चौधरीले जनप्रतिनिधिहरु खवर पुगे पनि कार्यव्यस्तता कारण जनप्रतिनिधिहरु त्यहा पुग्न नसकेको वताए । खवर समयमा आए पनि जनप्रतिनिधिहरु कार्यालय व्यावस्था देखी अन्य काममा व्यस्त र आफु पनि त्यही काम संगै नगरमा चुनौती वन्दै गईरहेको फोहोर ढद निकासमा काममा लागेकाले मुक्त कमैयाहरुको कार्यक्रममा पुग्न नसकेको वताए । उनले भने ‘ हामीले गर्ने र हुने काममा मुक्त कमैयाहरु लाई न्यायचित सहभागिता र समावेशिता गर्नै छौ । ’ त्यसमा उहाँहरुले चित्त दुखाउनु पर्दैन । नवनिर्वाचित जनप्रतिनिधिहरुको काँधमा थुप्रै चुनौती रहेकाले त्यो चुनौती समस्या उहाँहरुको पनि रहेकाले यस विषयमा असहजताको महसुस नगर्न समेत आग्रह गरे ।

कमैया महिला जागरण समाजकी जिल्ला अध्यक्ष कमलापति चौधरीको अध्यक्षता एंव भुमि सुधार कार्यालय दाङका भुपेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मुक्त कमैया एंव कमलहरी अभियान्ता हरिचन्द्र चौधरीले घोराही उप–महानगरपालिका भित्र जम्मा एक सय ५८ जनाले परिचय पत्र प्राप्त गरेको जानकारी दिए । जसमा ७७ जनाले रातो , ३७ जनाले निलो , २१ जनाले पहेलो र २३ जनाले सेतो कार्ड प्राप्त गरेको जानकारी दिए । जस मध्ये १ सय ४४ जनाले मात्रै लालपुर्जा प्राप्त गरेको उनले जानकारी दिए । भने तिन सय , २७ जना छुट कमैया रहेको रहेको वताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्