काठमाडौंमा आज दङ्गालीहरूलाई दशैँको चियापान, को-को आउँदै छन् कार्यक्रममा ?



काठमाडौं, १९ असोज । दाङ काठमाडौं पत्रकार समाजले दशैं र तिहारको अवसरमा शुभकामना आदान प्रदान गर्न काठमाडौंमा चियापन कार्यक्रम राखेको छ ।

सिंहदरबारको पश्चिम गेट नजिकै रहेको रामशाहपथ बग्गीखाना(ट्राफिक प्रहरी महाशाखाको पछाडि)को योगम्बर पार्टी प्यालेसमा आज (शुक्रबार) दिउँसो चियापान कार्यक्रम राखिएको हो ।

चियापान कार्यक्रममा सहभागी हुन सम्पूर्ण दङ्गालीहरूलाई समाजले अपील गरेको छ ।

दाङ जिल्लाबाट राजधानीमा आइ विभिन्न पेशा व्यवसायमा संलग्न, विद्यार्थी, कलाकार, कर्मचारी, पत्रकार तथा राजनीतिक नेतृत्वहरूलाई समाजले चियापान कार्यक्रम राखेको हो ।

दिउँसो एकबजेदेखि शुरु हुने चियापन कार्यक्रममा सभामुख कृष्णबहादुर महरा, उर्जामन्त्री वर्षमान पुन,  नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एवम् पूर्वमन्त्री युवराज ज्ञवाली, नेता पूर्वमन्त्री एवम् कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, पूर्वसभामुख ओनसरी घर्ती, पूर्वमन्त्री रेखा शर्मा, लोक सेवा आयोगका आयुक्त गोविन्द कुशुम, कांग्रेसकी केन्द्रीय सदस्य पार्वती डिसी चौधरी, नेकपाका सांसद मेटमणि चौधरी, कांग्रेस सांसद विमला नेपाली, नेकपाकी सांसद कोमल ओली, नेकपाकी सांसद शान्ता चौधरी, नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसी, अधिवक्ता डा.भीमार्जुन आचार्य, भूमिसुधार तथा नापी व्यवस्था विभागका महानिर्देशक मुक्ति आचार्य, गरिवी निवारण कोषका कार्यकारी निर्देशक नहकुल केसी लगायतका व्यक्तिहरूको उपस्थिति रहनेछ ।

त्यसैगरी सर्वोच्च अदालतका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमबहादुर श्रेष्ठ पनि चियापन कार्यक्रममा सहभागी हुनेछन् ।

dainiknepal

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्