सामाजिक सञ्जालले कसरी हाम्रो खुसी लुटिरहेको छ ?



‘सबैभन्दा ठूलो अपराधी त फेसबुक हो, जेलमा राख्नुपर्ने । त्यसले धेरैको दाम्पत्य धरापमा पारिदिएको छ, धेरैलाई घर न घाटको बनाइदिएको छ । साथी हो, जब तपाईंहरु कारागारबाट बाहिर जानुहुन्छ, त्यो अपराधीबाट बाँच्नुहोला ।’

ठट्यौंली सही, स्ट्यान्ड अप कमेडियन मनोज गजुरेलले हरेक कारागारमा यसै भने । ‘कारागारमा हास्य सिविर’ लिएर पुगेका उनले सामाजिक सञ्जालको दुरुपयोगबाट समाजमा कसरी विसंगती बढ्दैछ भन्ने प्रसंगमा यो ठट्यौली गरेका थिए ।

हालैको एक तथ्यांक चाहि उदेगलाग्दो छ । तथ्यांकले भन्छ, मोबाइल र सामाजिक सञ्जाल प्रयोगमा नेपालीले भारतीयलाई जितेका छन् । प्रतिशतका आधारमा हेर्दा सामाजिक सञ्जालको प्रयोगमा भारतियभन्दा नेपालीको संख्या बढी पाइयो ।

१८ देशका करिब ४० हजार सर्वसाधरणमा गरिएको सर्वेक्षणले खुलासा गरेको छ, कुल जनसंख्याको दुई तिहाई नेपाली मोवाइल र इन्टरनेटको पहुँचमा छन् ।

सामाजिक सञ्जालमा लिप्त समाज

हिजोआज सामाजिक सञ्जाल प्रयोग नगर्ने मानिस भेटिन मुस्किल छ । फेसबुक, टि्वटर, हृवाट्सएप, इन्स्टाग्राम लगाएतका विभिन्न खालका सामाजिक सञ्जालको प्रयोगकर्ता दिनदिनै बढिरहेका छन् ।

स्मार्टफोनमा इन्टरनेटको सुविधा भएपछि त मानिसहरु आफ्नो काम धन्दा भुलेर घन्टौं सामाजिक सञ्जालमा भुल्न थालेका छन् । प्रविधिको विकाससँगै विशेषगरि युवाहरु सामाजिक सञ्जालको कुलतमा फस्दैछन् ।

सामाजिक सञ्जालले हाम्रो दिमागलाई नराम्रोसँग असर गर्छ । यदि तपाईंले सामाजिक सञ्जालमा कुनै खानेकुराको तस्वीर देख्नुभयो भने यसले भोक बढाउँछ, उक्त खानेकुरा खाँउखाँउ लाग्छ वा गलत समयमा भोक पैदा गर्न सक्छ ।

यसैगरि सामाजिक सञ्जालले मानिसको खुसीमा पनि असर गर्छ । सामाजिक सञ्जालको विभिन्न फाइदाहरु छन् यसले हामीलाई विश्वको कुनै पनि कुनामा भएका व्यक्तिसँग जोडिन सहयोग गर्छ । यसले मानिसको शारीरिक दुरीलाई भुलाउन मद्धत गर्छ ।

तर, सामाजिक सञ्जालमा घन्टौं भुलिरहने बानीले तपाईंलाई ठूलो समस्यामा पनि पार्न सक्छ जसको कल्पना पनि गर्न सकिँदैन ।

यसैले सामाजिक सञ्जालको लत लाग्न भन्दा पहिले थोरै सावधान रहनुहोस् । वैज्ञानिकहरुले गरेका अध्ययनहरुका अनुसार सामाजिक सञ्जालले हाम्रो दिमागमा महत्वपूर्ण प्रभाव पार्छ । यसले हाम्रो सोच्ने क्षमतामा पनि असर गर्छ ।

सामाजिक सञ्जालले दिनचर्या र बानीहरुलाई बदल्छ । यसले कुनै व्यक्तिलाई भावनात्मक रुपले दुख पनि पुर्याउन सक्छ । यदि तपाईं सामाजिक सञ्जालको लतमा फसिसक्नुभएको छ भने यसले तपाईंको खुसीलाई खोस्न सक्छ ।

आउनुहोस् जानिराखौं सामाजिक सञ्जालले मानिसको खुसीलाई कसरी बर्बाद गर्छः

पैसा धेरै खर्च गर्ने बानी

सामाजिक सञ्जालले मानिसलाई आत्म नियन्त्रण गुमाउन बाध्य बनाउँछ । यसले मानिसलाई आवश्यकता भन्दा धेरै पैसा खर्च गर्न प्रेरित गर्छ ।

सामाजिक सञ्जालको लतमा फसिसकेका मानिसहरुमा यस्तो हुन्छ । यसै कारण तपाईं अन्तिममा हतास महसुस गर्नुहुन्छ र असन्तुष्ट रहनुहुन्छ नतिजा स्वरुप तपाईंको खुसी हराउँछ ।

झुटो वास्तविकता

आजभोली धेरैजसो मानिस आफ्नो अहंकारलाई पुरा गर्न सामाजिक सञ्जालको उपयोग गर्छन् । जसको कारण उनीहरु आफूले के गरिरहेको छु त्यो त्यो वास्तविकता होइन भन्ने भुल्छन् । यसपछि वास्तविकतासँग जब उनीहरुको सामना हुन्छ त्यतिखेर उनीहरु दुखी हुन्छन् ।

अरुको इर्ष्या गर्ने

हामी धेरैजसो आफूलाई अरु मानिससँग आफ्नो तुलना गर्ने गर्छौं यस्तो बानीले पनि हामीलाई दुखी बनाउँछ । धेरैजसो मानिसहरु सामाजिक सञ्जालमा अरु मानिसलाई देखेर मानिसको जीवनशैली र उनीहरुको तस्वीरहरु देखेर इष्र्यालु हुन्छन् ।

सामाजिक सञ्जालमा अरुले प्रयोग गरेका सामानहरु देखेपछि धेरै मनमा आफ्नो साथमा अपर्याप्त चीजहरु रहेको महसुस हुन्छ र उनीहरुलाई धेरै चीजको आवश्यकता छ भन्ने हुन्छ तर खासमा यस्तो हुँदैन । सामाजिक सञ्जालमा अरुको जीवनलाई देख्दा उठ्ने भावनाले तपाईंको खुसीहरुलाई प्रभावित गर्छ ।

आत्मसम्मानलाई ठेस लगाउनु

धेरै मानिसहरुले आजकाल सामाजिक सञ्जालको कारण आफ्नो आत्मविश्वास वा आत्मसम्मान गुमाउँछन् । एक अध्ययनका अनुसार फेसबुकमा घन्टौं समय बिताए पछि एक तिहाई मानिसहरुले आफूलाई एक्लो महसुस गर्छन् । उनीहरु निराश र क्रोधित महसुस हुन्छन् । खासगरि यस्तो त्यतिखेर हुन्छ जब उनीहरुले आफूलाई अरुसँग तुलना गर्छन् ।

वास्तविक कुराकानीलाई प्रभावित गर्छ

जबदेखि सामाजिक सञ्जाल प्लेटर्फममा मानिसहरुको कुराकानी सुरु हुन्छ त्यतिखेर देखि उहि मानिससँग पनि वास्तविक जीवनमा गरिने कुराकानी पातलिँदै जान्छ ।

सामाजिक सञ्जालको प्रयोग बढ्दै जाँदा मानिसहरु भर्चुअल प्लेटर्फममा कुरा गर्न धेरै मन पराउन थालेका छन् । यससँगै मानिसहरु विस्तारै एक अर्काको वास्तविक भावनाहरुलाई बुझ्न असमर्थ हुँदैछन् ।

एजेन्सीको सहयोगमा

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्