भरतपुर मुद्दाको अन्तिम सुनुवाई आज हुने



सैघाली खबर

काठमाडौं, ९ साउन 

स्थानिय तह निर्वाचनमा बिबाद भएको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुन मतदान गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतमा आज अन्तिम सुनुवाई हुने भएको छ ।
ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा परेको यो रिट आज पनि हेर्दा हेर्दैमा राखिएको छ । आज बहस नसकिएकाले रिटलाई हेर्दा हेर्दैमा राखिएको र भोलि पनि सुनुवाई हुने सर्वोच्च अदालतले जनाएको छ । गत मंगलबार न्यायाधीश भण्डारी विदेश गएका कारण रोकिएको सुनुवाई आज पुन सुरु भएको थियो । मतगणनाका क्रममा नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले १९ नम्बर वडामा पुन मतदान गराउने निर्णय गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्