क – कस्को नाम पर्यो नेकपा प्रदेश ५ अन्तर्गतका जिल्ला कार्यदलमा



बुटवल १९ असोज/ नेपाल कम्युनिष्ट पार्टी प्रदेश ५ अन्तर्गतका १२ वटै जिल्लामा कार्यदल गठन गरिएको छ । जिल्लाको पार्टी संयोजन, भौतिक संरचना र पार्टी सदस्यता व्यवस्थित गर्न कार्यदल गठन गरिएको नेकपाका सचिब जगप्रसाद शर्मा ‘अपार’ले जानकारी दिए ।

शुक्रवार वुटवलमा बसेको प्रदेश पाँचको वैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन गरि सो को जानकारी गराइएको थियो । जसअनुसार दाङमा टिकाराम खड्का, तुलसीराम पुन, रामजी चौधरी र शिवकुमार आचार्य, बाँकेमा अक्कलबहादुर बम, अशोक कोइराला, गोपाल गिरी र प्रकाश सुवेदी , बर्दियामा पूर्ण शर्मा, भुवनकुमार थारु, लक्ष्मीप्रसाद शर्मा र हरि ज्ञवाली रहेका छन् ।

जस अनुसार रुकुम पूर्वमा मेघबहादुर श्रेष्ठ, टोपबहादुर ओली, सतमान पुन, होमप्रसाद श्रेष्ठ, रोल्पामा आशबहादुर पुन, कुमार दसौदी, सुरेन्द्र घर्ती र हरिप्रसाद घर्तीलाई जिम्मा दिइएको छ ।

यसैगरी प्यूठानमा कृष्ण अधिकारी, तुल्सीरामा शर्मा, धनबहादुर रायमाझी र नारायण अधिकारी, अर्घाखाँचीमा चेतनारायण आचार्य, छमकुमारी खनाल, जनार्दन खनाल र तेजबहादुर रायमाझी, गुल्मीमा बालसिंह काउछा, बिरबहादुर कार्की, बुद्ध जिसी र मधुकृष्ण पन्त कार्यदलमा रहनुभएको छ ।

 

त्यस्तै पाल्पामा नारायण आचार्य, नेत्र पाण्डे, राधाकृष्ण कँडेल र राजेन्द्र विश्वकर्मा, रुपन्देहीमा गोपाल भट्टराई, निर्मल जिसी, शिवराज सुवेदी र अनुप बराल, पश्चिम परासीमा घनश्याम यादव, तुल्सी पासी र सीता पौडेल, कपिलवस्तुमा झविलाल पोखरेल, डम्मर शर्मा, भानु श्रेष्ठ र रामचन्द्र शाह रहेका छन् ।

जस अनुसार रुकुम पूर्वमा मेघबहादुर श्रेष्ठ, टोपबहादुर ओली, सतमान पुन, होमप्रसाद श्रेष्ठ, रोल्पामा आशबहादुर पुन, कुमार दसौदी, सुरेन्द्र घर्ती र हरिप्रसाद घर्तीलाई जिम्मा दिइएको छ ।

यसैगरी प्यूठानमा कृष्ण अधिकारी, तुलसीराम शर्मा, धनबहादुर रायमाझी र नारायण अधिकारी, अर्घाखाँचीमा चेतनारायण आचार्य, छमकुमारी खनाल, जनार्दन खनाल र तेजबहादुर रायमाझी, गुल्मीमा बालसिंह काउछा, बिरबहादुर कार्की, बुद्ध जिसी र मधुकृष्ण पन्त कार्यदलमा रहेका छन् ।

कार्यदलले पार्टी कमिटीहरुको एकता प्रक्रियालाई केन्द्रको निर्देशन बमोजिम प्रदेश कमिटीमा सिफारिस गर्ने, पूर्व दुवै पार्टीका कार्यालय एवं भौतिक संरचना अभिलेख तयार गरि मातहत कार्यालयको व्यवस्थापनको योजना सहित प्रदेश कमिटीमा प्रस्ताव गर्ने, पूर्व दुवै पार्टीका सदस्यता अभिलेख एकीकृत गरि व्यवस्थित गर्ने जिम्मेवारी पाएको छ ।

यस्तै नजिकै आइरहेका चाडपर्वहरुका अवसरमा जिल्ला , नगर, गाउँपालिकाको अनुकुलतामा शुभकामना आदान प्रदान तथा चियापान गर्ने, पार्टीका कामलाई प्रभावकारी बनाउन कानुन, सुशासन, कर प्रणाली, बजेट जस्ता विषयमा योजना निर्माण र कार्यन्वयन गर्न विज्ञहरुको सहयोगमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तथा मातहतका तहहरुमा भेला, प्रशिक्षण जस्ता कार्यक्रम गरि पार्टी पंक्तिलाई पार्टी र सरकारको पक्षमा क्रियाशिल बनाउने जिम्मेवारी पनि दिइएको छ ।

वैठकले वुटवल स्थित पुस्पलाल समृति भवनलाई नेपाल कम्युनिष्ट पार्टी प्रदेश ५ को पार्टी कार्यालयको रुपमा सञ्चालन गर्ने र कार्यालय सचिवमा बलराम अधिकारीलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

वैठक प्रदेश कमिटीका अध्यक्ष ओनसरी घर्तीको अध्यक्षता एवं प्रदेश ईन्चार्ज तथा मुख्य मन्त्री शंकर पोख्रेलको प्रमुख आतिथ्यता र सहईन्चार्ज दलबहादुर रानाको उपस्थितिमा भएको सचिव जगप्रसाद शर्माले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्