स्वर्गीय घनश्याम बुढाथोकीको छैठौ स्मृति मनाईयो



दाङ , १९ असोज । स्वर्गीय घनश्याम बुढाथोकीको शुक्रवार छैठौ स्मृति घोराहीमा मनाईएको छ ।बुढाथोकीको स्मृति दिवसका अबसरमा घोराहीमाघनश्याम बुढाथोकी प्रतिष्ठानको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै नेकपाका नेता एवम प्रदेश सभा सदस्य अमरबहादुर डाँगीले स्वर्गीय बुढाथोकी बर्गीय नेता भएको बताउँनुभयो । जनतासँग घुलमिल हुन सक्ने जनताको मनमा बसेको नेता भएको बताउँदै बुढाथोकी मुल्यवान भएको बताउँनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डाँगीले पार्टीमा ठुलो लगानी गरेर पनि अवसर पाउन नसकेका एक निष्ठावान नेता रुपमा बुढाथोकीलाई आफुले पाएको वताउँनुभयो ।

यस्तै कार्यक्रमका विशिष्ठ अतिथि एवम प्रदेशसभा सदस्य रेवतिरमण शर्माले आफु अप्ठेरो परिस्थितीमा जुधेर पनि परिवारलाई शिक्षित बनाउने नेता बुढाथोकीलाई आफुहरुले कहिले भुल्न नसक्ने बताँउनुभयो ।कार्यक्रममा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले समाज सुधारमा स्वर्गीय बुढाथोकीको धेरै ठुलो योगदान रहेको बताए । उनले बुढाथोकीलाई जनताको पक्षमा पार्टीको पक्षमा सधै अडिक भएर हिडने नेताको रुपमा अथ्र्याए उहाँले बताउँनुभयो ।

घनश्याम बुढाथोकी प्रतिष्ठानका उपाध्यक्ष भुवन देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रगतिशिल पत्रकार संघका अध्यक्ष शरद अधिकारी, नेकपाका नेताहरु मेनका पोखरेल, टीकाराम खड्का, शोभाराम बस्नेत, दामोदर अधिकारी, राप्ती साहित्य परिषदका अध्यक्ष पुरुषोतम खनाल लगायतले आआफनो धारणा राखेका थिए । प्रतिष्ठानका महासचिव सुर्य विसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव हुमा डिसीले गरेकी थिइन । कार्यक्रममा बरिष्ठ पत्रकार नारायप्रसाद शर्मा र लेखक केशव थापालाई सम्मान गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्