दैनिक बजार अनुगमन नतिजा शून्य



दाङ,१९ असोज चाडपर्व नजिकिदै गर्दा स्थानीय निकाय र जिल्ला प्रसासान कार्यालय दाङले बजार अनुगमनको कामलाई तिब्रता दिएका छन । दैनिक बजार अनुगमन गरेपनि नतिजा भने हात पर्ने अबस्था छैन । अनुगमनका क्रममा अखाद्य बस्तु विक्री वितरण गरेको, दर्ता विना नै उद्योग व्यवसाय संचालन गरिएको पाइएपनि कुनै कारर्वाही हुन सकेको छैन । त्यति मात्र हैन बस्तुको गुणस्तर मापन गर्नै कुनै प्राविधिक जनशक्ति नहुदा निकै सास्ती नै झेल्नु पर्ने बाध्यता रहेको सहायक प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभएको छ ।


उहाका अनुसार अनुगमनको टोलिले म्याद गुज्रिएका दैनिक उपभमेग्य बस्तुहरु,सुर्तीजन्य पदार्थ र मदिराको अनुमति छ छैन त्यसैगरी उपमहानगरपालिका,घरेलु र अनिवार्य रुपमा उधोग बाणिज्य संघमा दर्ता भएको हुनुपर्ने, अनुगमनका क्रममा अनुमतिबिना खुल्ला रुपमा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरण हुदा पनि कारवाही हुन हुन सक्ने अबसस्था नै छनै ।

उपभोक्ता हकहित संरक्षण शाखा प्रमुख नारायण प्रसाद रेग्मीको नेतृत्वमा स्थानीय सुरक्षा अधिकारी ,सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद आचार्य ,तुलसीपुर उधोग बाणिज्य संघ,ईलाका प्रहरी कार्यालय ,उपभोक्ता हकहित सरक्षण मञ्च दाङ ,स्थानीय पत्रकार लगाएको सहभागीतामा बजार अनुगमन गरिएको थियो । अनुगमनका क्रममा म्याद गुज्रिएका सामानहरु जफत गरिएको छ भने होटलहरुबाट घरपालुवा मदिरा समेत फेला परेको थियोे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्