दलालीले फसाए सवितालाई, प्रहरी नै दलालीको पक्षमा, न्याँय माग्न कहाँ जाने ?



रेणु डि.सी.
सैघाली खबर, २० असोज ।
भैरहवा घर भई हाल काठमाण्डौमा बस्दै आएकि सविता थापा गिरी न्याय खोज्दै मिडिसम्म आईपुगेकि छिन् । लेनदेन कारोवारमा दलालले आफुलाई फसाएको र कतैवाट पनि न्याय नपाएको भन्दै अन्तिम बिकल्पका रुपमा उनले मिडिया गुहारेकि छिन् । दोलखा घर भएका हाल कलंकीमा बस्ने सरोज श्रेष्ठ, चितवनका रविन प्रसाद धिताल र प्रिंका केसीले आफुलाई बिभिन्न प्रलोभनमा पारेर फसाएको आरोप लगाएकि छिन् । सविताका श्रीमान प्रेम गिरी र आफुले सेकेन्ड ह्यान्ड गाडि किन्न खोजिरहेको समयमा आफुहरु सरोज कहाँ पुगेको उनले बताएकि छिन् ।

सविता श्रीमान प्रेम गाडि चालक हुन् भने सरोज प्रेमका गाडि साहु हुन् । सरोजले मैले चिनेको मान्छे कहाँ तपाईहरुले खोजेको जस्तो गाडि छ भनेर धिताल दम्पति कहाँ पु¥याएको र कवाडि गाडीलाई सहि सलामत छ भनि बिभिन्न प्रलोभन देखाउदै फसाएको सविताको भनाई छ । २०७३ साल पुस ११ गते आफुहरु गाडि हेर्न भनि गएको र सोहि दिननै १ लाख ६२ हजार वयाना गिरी दम्पतिले बुझाएका थिए । तीन लाखमा गाडि किन्न सहमत भएका उनिहरुले बाकि रकम तीन महिनापछि बुझाउने कागज गरेका थिए । कागज गरे पश्चात उनिहरु पुस ११ गते नै गाडि लिएर भैरहवा जाने क्रममा गाडि दाउन्नेमा नै बिग्रिएको सविताले बताईन् ।

त्यहाँ १/२ दिनको मर्मत पछि बल्लतल्ल गाडि घर सम्म पु¥याएको र त्यसको १० दिनमा पुस २१ गते फेरी गाडि बिग्रिएको र त्यसपश्चात हालसम्म मर्मत नभएको उनको भनाई छ । ग्यारेजहरुमा लग्दा उक्त गाडिमा लाग्ने कुनै पनि पार्टपुजा उपलब्ध नभएको सविताले बताईन् । सोहि कुरा गाडि धनि धिताल दम्पतिलाई सुनाउदा उनिहरुबाट बिभिन्न खाले धम्किहरु आएको पिडित सविताको भनाई छ । त्यसपश्चात गिरी र धितालबिच यस बिचमा कुनै सम्पर्क भएन । २०७३ सालको कुरा २०७५ सालमा आएर फेरी त्यहि कुरालाई लिएर विवाद सिर्जना भएको छ । धिताल दम्पतिले बिभिन्न आरोप लगाएर पुलिस प्रशासनको आडमा आफुलाई एकदिन थुनामा राखेको सविताले बताईन् ।

थुनामै आफुलाई बलजफ्ति कानुन विपरित बिभिन्न ठाउँमा औठा छाप लगाउन बाध्य बनाएको पनि सविताको आरोप छ । सरोज, रविन र प्रिंकाले मानसिक तनाव दिईरहेको छ प्रहरीका ठुला मान्छेलाई चिनेका छौ भन्दै आफुलाई जतिवेला, जे पनि गर्ने धम्कि दिईरहेको सविताले बताएकि छिन् । सविताले बिग्रिएको गाडीलाई तीन लाख रुपैयाँ नतिर्ने बताउदै आएकि छिन् भने गाडि धनिहरुले जति सक्दो छिटो आफुहरुलाई पैसा चाहिएको बताएका छन् । केहि आम्दानि गर्ने उद्देश्यले गाडि किनेका गिरी दम्पति अहिले मर्कामा छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्