मुख्य समाचार

दार्जिलिङमा नेपाली भाषाका टेलिभिजनहरू बन्द, नेपाली भाषी थप आन्दोलित

By थाहा अनलाइन

July 24, 2017

सैघाली खबर सिलगुढी, ९ साउन

पश्चिम बंगाल सरकारले शनिबार रातिदेखि नेपाली भाषाको टिभी च्यानलको प्रसारणमा प्रतिबन्ध लगाएको छ । सिलगुढीको सेबोक रोडस्थित एबीएन टीभी नेटवर्कको कार्यालयमा शनिबार राति साढे १ बजे प्रहरीले तालाबन्दी गरेको छ । ईटरनेट सेवामा एक महिनाअघिदेखि नै प्रतिबन्ध लगाएको हो । भारतमै पहिलो नेपाली टिभी च्यानलमाथि प्रतिबन्धपछि दार्जिलिका नेपाली भाषी थप आन्दोलित बनेका छन ।