बाँकेमा ट्रक र हाइस ठोक्कियो, ६ जनाको मृत्यु १७ जना घाइते



बाँके २० असोज – बाँकेमा ट्रक र हाइस ठोक्किँदा ६ जनाको मृत्यु भएको छ ।बाँकेको राप्ती गाउँपालिका ४ सोनारीको मुगुवाखोला नजिक हाइस र ट्रक ठोक्किँदा घटनास्थलमा चार र कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा थप दुईजनाको मृत्यु भएको हो । दुर्घटनामा १७ जना घाइते भएका छन् । मृत्यु हुनेको परिचय खुलेको छैन ।

 

कोहलपुरबाट लमहीतर्फ जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रक र दाङ्गबाट कोहलपुरतर्फ आउँदै गरेको रा १ ख १६६२ नम्बरको हाइस मुगुवाखोला नजिक दुर्घटनामा परेको हो ।दुर्घटनामा ६ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव निरीक्षक ओमप्रकाश पौडेलले जानकारी दिए ।दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा ल्याउने काम भइरहेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्