जँड्याहाहरुको “दशै भोज ” को आयोजना जिल्ला प्रहरी कार्यालयले गर्नै



बिष्णुकुमार देवकोटा
दाङ , २० असोज

दशै तिहारमा मादक पदार्थ (जाँड रक्सि) सेवन गरी शान्ति तथा अमन चयन भंग गर्नेहरुको दशै र तिहार जिल्ला प्रहरी कार्यालय दाङमा वित्ने भएको छ ।
“मादक पदार्थ सेवनगरी होहल्ला गर्नेहरुले दशै र तिहार हिरासतमा बितउनुपर्नेछ ” शर्माले भन्नुभयो ।

चाडपर्व लाई उत्सवका रपमा मनाउन आग्रह गर्दै एसपि शर्माले अपराध रहित रुपमा चाडपर्व मनाउन दाङबासीहरुलाई आग्रह गर्नुभयो ।
“चाड पर्वलाई पारीवारीक पुनःमिलनको रुपमा लिनुपर्छ, नकि जाँडरक्सि सेवनगर्नै दिवशको रुपमा ” एसपि शर्माले भन्नुभयो ।

 

टोल टोल तथा गल्लि गल्लिमा प्रहरी मूभ भएको जानकारी दिंदै शर्माले हालै घोराहीका प्रत्येक होटलहरुमा सर्च अपरेसन सुरुगरीएको जानकारी दिनुभयो ।
चाडपर्वका बेला ठगि तथा चोरीहुने संभावना उच्च रहेको हुँदा बैक तथा बित्तिय संस्थाहरु एवं सुनचाँदि पसलहरुले बिशेष सतर्कता उपनाउनका लागि बैकर्स तथा ज्वैलर्सहरुसंग छलफल गरीएको शर्माले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय दाङका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्णहरी शर्माले चाड पर्व लक्षित बिशेष सुरक्षा योजनाका बारेमा बोल्दै शर्माले चाड पर्वको सुरक्षा जिल्ला प्रहरी कार्यालय दाङको प्रमुख प्राथमिकतामा रहेको बताउनु भएको छ ।
“आम नागरीकको जीउ धनको सुरक्षा गर्न प्रहरी प्रतिबद्ध छ” , शर्माले भन्नु भयो ।

नेपालीहरुका महान चाडपर्वहरु नजिंकिदै गर्दा प्रहरीले पनि बिशेष सतर्कता अपनाएको बताउँदै शर्माले कानुनको बिपरित कामगर्ने कसैलाई पनि नछोड्ने पटक पटक दोहोर्याउनुभयो ।

समाजमा घट्ने जघन्य अपराधहरुको मुख्य कारकतत्व मादक पदार्थ सेवन भएको भन्दै शर्माले सप्लाइ साईड ब्लक गर्नै जानकारी दिनुभयो ।
हरेक समस्याको जडहरुको सप्लाई साइड बन्द गर्ने आफ्नो अभियान रहेको खुलासा गर्दै एसपि शर्माले आफ्नो मिसनमा सहयोग गर्न सबैलाई आग्रह समेत गर्नुभयो ।
“सूचना दिनुहोस प्रहरी तत्कालै मूभ हुन्छ”शर्माले भन्नुभयो ।

दशैमा बिकृतिजन्य खेलहरु जुवा तथा तास एवं लंगूरबुर्जा लाई पुर्णतः निषेध गरीएको शर्माले जानकारी दिनुभयो ।
यसैगरी चाडबाडकै बेला कालो बजारी गर्नै व्यापारीहरुलाई पनि नछोडिने शर्माले बताउनुभयो ।

एसपि शर्मा भन्नुहुन्छ, “गलतकाम कसैले पनि नगरौं”

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्