श्रद्धा कपूरलाई डेङ्गी राेग, फिल्मका काम प्रभावित



सैघाली खबर, २० असोज ।

अभिनेत्री श्रद्धा कपूर यतिबेला भारतकी ब्याडमिन्टन स्टार साइना नेहवालको बायोपिकमा मुख्य भूमिका निर्वाह गर्दैछिन् । यस फिल्ममा रहेकाे उनको फष्र्ट लूक पनि सार्वजनिक भएको थियो । तर अहिले यस फिल्मको छायाँकनको काम रोकिएको छ । फिल्मको काम बीचैमा रोकिनुको कारण हो श्रद्धा कपूरको स्वास्थ्य । उनलाई डेङ्गी भएको छ ।

यसै कारण उनी अहिले यस फिल्मको काम गर्न सक्ने अवस्थामा छैनन् । केही दिनदेखि स्वास्थ्यस्थिति ठीक नभएपछि जाँच गराउँदा श्रद्धालाई डेङ्गी लागेको थाहा भएको छ । श्रद्धा सेप्टेम्बर २७ देखि साइना नेहवालको वायोपिकको सेटमा गएकी छैनन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्