दाङका मालपोतबाट ३८ करोड भन्दा बढि राजस्व संकलन



दिपक बोहरा,

दाङ ९ साउन ।

 


दाङका मालपोत कार्यालयहरुबाट गएको आर्थिक बर्ष २०७३÷०७४ मा ३८ करोड भन्दा बढि राजश्व संकलन भएको छ । मालपोत कार्यालय तुलसीपुर, घोराही र लमहीबाट गरी ३८ करोड २० लाख ८५ हजार १ सय ३२ रुपैयाँ राजश्व संकलन भएको छ । उक्त राजश्व आर्थिक बर्ष २०७२÷०७३ को तुलनामा १२ करोड भन्दा बढि हो । आर्थिक बर्ष २०७२÷०७३ मा २६ करोड ४१ लाख १९ हजार ४७ राजश्व संकलन भएको थियो । कारोबारो बढेकाले राजश्वमा पनि बृद्धि भएको मालपोत कार्यालय तुलसीपुरका प्रमुख नरेश खड्काले बताए ।

मालपोत कार्यालय तुलसीपुरमा १५ करोड ८५ लाख ३८ हजार १ सय ७८ राजश्व संकलन गरेको छ । उक्त रकम आर्थिक बर्ष २०७२÷ ०७३ भन्दा ४ करोड भन्दा बढि हो । अघिल्लो आर्थिक बर्ष २०७२÷०७३ मा ११ करोड ७६ लाख ५३ हजार ८ सय ५५ राजस्व संकलन भएको मालपोत कार्यालय तुलसीपुरका प्रमुख खड्काले बताए । जग्गाको कारोबारो बृद्धि, , बिदेशबाट कमाएर नेपाल भित्रिएको रकमले जग्गा किन्नु, जिल्ला भन्दा बाहिरबाट बसाईसराई गरी तुलसीपुर आउनु जस्ता कारणले राजश्व बृद्धि भएको प्रमुख खड्काले बताए ।

आर्थिक बर्ष २०७२÷०७३ भन्दा ०७३÷०७४ मा बैंक धित्तो बन्धक र रोक्का दस्तुर शिर्षकमा भने राजस्व संकलनमा गिरावट आएको प्रमुख खड्काले बताए । बैंकमा लगानी घटेकाले धित्तो बन्धक र रोक्का दस्तुर शिर्षकको राजश्वमा गिरावत आएको प्रमुख खड्काको भनाई छ ।

२०७२÷०७३ मा १ करोड ८२ हजार ४ सय राजश्व संकलन भएको धित्तो बन्धक शिर्षकमा आर्थिक बर्ष २०७३÷०७४ मा भने ९७ लाख ४६ हजार मात्रै राजश्व संकलन भएको छ । भने रोक्का दस्तुरमा आर्थिक बर्ष २०७२÷०७३ मा १८ लाख ९० हजार ८ सय ३५ र गएको आर्थिक बर्ष २०७३÷०७४ मा ५ लाख ४१ हजार ७ सय २९ रुपैयाँ राजश्व संकलन भएको छ ।

ती बाहेक अन्य शिर्षकमा भने २०७२÷०७३ भन्दा बढि राजश्व संकलन भएको छ । मालपोत कार्यालयका प्रमुख खड्काका अनुसार गत आर्थिक बर्षमा रजिष्टेशन शुल्क १३ करोड २६ लाख ५२ हजार ३ सय ९५, पुँजिगत लाभकर १ करोड ४६ लाख ८३ हजार ७ सय ९८, पुर्जा बिक्रिबाट १ लाख ६७ हजार चार सय , न्यायीक दस्तुर बापत ७ लाख ४६ हजार ८ सय ५६ राजश्व संकलन भएको छ । त्यस्तै गएको आर्थिक बर्षमा राजिनामा महिला ५ हजार २ सय ६३ र पुरुष ५ हजार ६ सय ५२, धितो बन्धक २ हजार ६ सय ६६, गरी जम्मा लिखत १३ हजार ५ सय ८१ रहेका छन् ।

त्यस्तै नामसारी ५ सय ४० , स‌शोधन ४ सय ६ , दाखेल खारेज १ सय २७, श्रेष्ता कायम १ सय ८ गरी जम्मा १ हजार एक सय ८१ रहेको प्रमुख खड्काले बताए ।

घोराहीमा २० करोड बढि राजश्व
मालपोत कार्यालय घोराहीले गएको आर्थिक बर्ष २०७३÷०७४ मा २० करोड भन्दा बढि राजश्व संकलन गरेको छ । मालपोत कार्यालय घोराहीका प्रमुख भुपेन्द्र देबकोटाका अनुसार गएको आर्थिक बर्षमा २० करोड ५३ लाख ८७ हजार १ सय ९४ रुपैयाँ राजश्व संकलन भएको छ । उक्त रकम आर्थिक बर्ष २०७२÷०७३ को तुलनामा ५ करोड ७९ लाख २२ हजार बढि हो । आर्थिक बर्ष २०७२÷०७३ मा १४ करोड ६४ लाख ६५ हजार १ सय ९२ रुपैयाँ संकलन भएको प्रमुख देवकोटाले जानकारी दिए । त्यस्तै गएको आर्थिक बर्षमा रजिष्टेशन दर्ताबाट १८ करोड ६९ लाख ९८ हजार १ सय ८५, पुर्जा बिक्रिबाट ३ लाख ५ हजार ९ सय २५, प्रशासनीक शुल्कबाट १ करोड ५९ लाख ५९ हजार, प्रशासनीक दण्ड जरिवानाबाट २० लाख लाख २५ हजार ७ सय २६, रोक्का दस्तुरबाट ९८ हजार ३ सय ५६ रुपैया राजश्व संकलन भएको बताए ।

लमहीमा १ करोड बढि राजश्व
मालपोत कार्यालय लमहीमा १ करोड बढि राजश्व संकलन भएको छ । मालपोत कार्यालय लमहीका प्रमुख रमेश बुढाथोकीका अनुसार लमहीबाट १ करोड ८१ लाख ५९ हजार राजश्व संकलन भएको छ । गत आर्थिक बर्ष २०७३÷०७४ को फाल्गन देखी लमहीबाट सञ्चालनमा आएको मालापोत कार्यालयले ४ महिनामा उक्त राजश्व संकलन गर्न सफल भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्