हाइस-ट्रक ठोकिँदा मृत्यु भएका ६ मध्ये पाँचको सनाखत



बाँके .

सडक दुर्घटनामा परी बाँकेमा ६ जनाको मृत्यु भएको छ। दाङको तुल्सीपुरबाट नेपालगन्ज आउँदै गरेको रा १ ख १६६२ नम्बरको हाइस र लु १ ख ७७२९ नं। को ट्रक एक आपसमा ठोकिँदा ६ जनाको मृत्यु भएको हो।

कोहलपुर(लमही सडक खण्डअन्तर्गत शमशेरगन्ज भन्दा ६ किलोमिटर पूर्वमा पर्ने मुगुवा खोलानजिक भएको दुर्घटनामा परी चार जनाको घटनास्थलमा र दुई जनाको उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याउने क्रममा मृत्यु भएको बाँके प्रहरीले जनाएको छ।

दुर्घटनामा परी मृत्युभएका पाँच जनाको मात्र सनाखत भएको छ।

तुल्सीपुर उपमहानगरपालिका(८ की ५० वर्षीया नारायणी श्रीष, सोही ठाउँकी २८ वर्षीया बसन्ती चौधरी, तुल्सीपुर उपमहानगरपालिका(६ का ३८ वर्षीय हाइसचालक सुवन चौधरी र पश्चिम दाङकी ३० वर्षिया तुल्सी रावत र सारदा नगरपालिका(५, सल्यानकी द्रोणा बुढाथोकीको सनाखत भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले जानकारी दिए।

शनिबार बिहान भएको दुर्घटनामा परी घाइते भएकाहरूको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ। हाइसमा २३ जना सवार रहेको प्रहरीले जनाएको छ।

 

घाइतेहरूको विवरण १)

 

दाङ तुल्सीपुर उपमहानगरपालिका–५ बस्ने ५० वर्षकी धनीसरा चौधरी २) रोल्पा थपाङ गाउँपालिका–२ बस्ने ४३ वर्षकी रासकुमारी रोका ३) सल्यान सारदा नगरपालिका–१४ बस्ने ३० वर्षकी चन्द्रकला पुन ४) रोल्पा थवाङ गाउँपालिका–२ बस्ने ४२ वर्षको कर्मबहादुर बुढा ५) दाङ तुल्सीपुर नगरपालिका–६ बस्ने ४० वर्षकी इन्दिरा केसी ६) सल्यान छाँयाछत्र गाउँपालिका–३ बस्ने वर्ष २२ की मीना योगी ७) दाङ तुल्सीपुर उपनगरपालिका–६ बस्ने ४२ वर्षकी इश्वरी विक ८) दाङ तुल्सीपुर उपमहानगरपालिका–६ बस्ने ४९ वर्षका टेकबहादुर सुनार ९) दाङ तुल्सीपुर उपमहानगरपालिका–७ बस्ने २१ वर्षकी कृष्णाकुमारी रिजाल १०) दाङ तुल्सीपुर उपमहानगरपालिका–६ बस्ने ३६ वर्षकी कल्पना बस्नेत ११) दाङ तुल्सीपुर उपमहानगरपालिका–३ बस्ने २३ वर्षकी अन्जली बर्मा १२) दाङ तुल्सीपुर उपमहानगरपालिका–५ बस्ने २४ वर्षकी गीता भण्डारी १३) दाङ तुल्सीपुर उपमहानगरपालिका–८ बस्ने २३ वर्षका प्रेम बुढा १४) दाङ तुल्सीपुर उपमहानगरपालिका–१ बस्ने २८ वर्षका मोहन जोशी १५) दाङ तुल्सीपुर उपमहानगरपालिका–७ बस्ने ४८ वर्षकी मनकुमारी वली १६) दाङ तुल्सीपुर उपमहानगरपालिका–५ बस्ने २२ वर्षकी अन्जली पुन १७) दाङ तुल्सीपुर उपमहानगरपालिका–५ बस्ने २५ वर्षको प्रकाश ओली

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्