सैघाली खबर
९ साउन ।
नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठकमा चुनावी समिक्षा, मन्त्रिपरिषद गठन र पार्टी सञ्चालनका विषयमा छलफल भइरहेको छ । हिजोसम्म चुनावी समिक्षा गर्ने क्रममा नेताहरुले पार्टी नेतृत्वको आलोचना गरेका छन् । तीन दिनदेखि जारी काँग्रेसको केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांस नेताहरुले नेतृत्वप्रति प्रश्न उठाएका हुन् । स्थानीय तहको चुनावमा पार्टी कमजोर भएको जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्ने केन्द्रीय सदस्यको भनाइ छ । बैठकमा सभापति देउवाले स्वयं पार्टीभित्र अन्तरर्घात भएको विषयलाई स्वीकार गर्दै यसपटकको चुनावमा यसप्रति सचेत रहने धारणा राख्नुभएको थियो । सभापति पछि बोल्ने अधिकाँश नेताहरुले पार्टी नेतृत्व जिम्मेवार हुनुपर्ने धारणा राख्दै सभापतिको आलोचना गरेका छन् । काग्रेस नेता बालकृष्ण खाँडले बैठकमा चुनावी समिक्षापछि आज आगामी रणनीतिका विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।