गृहमन्त्रीको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन



काठमाडौंः कंचनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई पक्राउ गरी अझै कारवाही गर्न नसकेपछि काठमाडौंमा शनिबार पनि सरकारविरुद्ध प्रर्दशन गरिएको छ।

 

निर्मला पन्तको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न माग गर्दै शनिबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध प्रर्दशन गरिएको हो। निर्मलाका निम्ति न्याय अभियान, बलात्कारविरुद्ध राष्ट्रिय अभियान र विभिन्न राजनीतिक दलका कार्यकर्ताहरुसहितको प्रर्दशनमा हत्या, हिंसा, बलात्कारलगायतका घटना नियन्त्रण गर्न नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग पनि गरिएको छ।

उनीहरुले घटनाको सत्यतथ्य बाहिर ल्याउन पहल नगरेको भन्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बर्खास्त गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। प्रर्दशनकारीहरुले सरकार बलात्कारी सामू लाचार भएको दावी गर्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्