कक्षा ११ को नतिजा केहिबेरमा



काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा केही बेरमा सार्वजनिक गर्दैछ । परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार नतिजा प्रकाशनका लागि बोर्ड बैठक सुरु भएको छ।

यो पटक पाँच लाख ४८ हजारले कक्षा ११ को परीक्षाका लागि फाराम भरेका थिए । ती मध्ये कति जनाले परीक्षा दिए भन्ने तथ्यांक निकाल्नै बाँकी रहेको बोर्डको भनाइ छ । कक्षा ११ को परीक्षा गत वैशाख ३० गतेदेखि जेठ ९ गतेसम्म सञ्चालन भएको थियो ।

विगतका वर्षको तुुलनामा यस वर्ष निकै छिटो नतिजा सार्वजनिक हुुन लागेको शर्माले दाबी गरे । गत वर्ष परीक्षा वैशाखजेठमै सञ्चालन भएपनि नतिजा भने पुुस वा माघमा मात्रै सार्वजनिक हुुने गरेको थियो । यस पटक पनि नतिजा विषयगतरुपमा ग्रेडिङमा सार्वजनिक हुुनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्