डाक्टर गोविन्द केसी फेरि अनसन बस्ने



सैघाली खबर
काठमाडौं ,
९ साउन, ।
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले फेरि अनसन बस्ने भएका छन् । उनले अपराहृन ४ बजे ११ औं अनसन सुरु गर्दैछन् ।

विगतका सम्झौता कार्यान्वयनमा सरकारले कुनै चासो नदेखाएपछि अनसन बस्न बाध्य भएको डा। केसीले बताए । ‘माग सुनुवाईका लागि अहिलेसम्म सरकारबाट कुनै पहल नएको अवस्थामा अनसनको विकल्प भएन’ उनले भने ।

डा। केसीले आफ्ना मागहरु पुरा गर्न सरकारलाई असार ३१ गतेसम्मको अल्टिमेटम दिएका थिए । अनसन नबस्न भएको आग्रहलाई मध्यनजर गर्दै उनले त्यसपछि पनि केही दिन पर्खिए । तर, सरकारका प्रतिनिधिले सम्पर्क समेत गरेका छैनन् ।उनले बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्