‘हजार जुनी सम्म’ आर्यनले कति लिए पारिश्रमिक ?



सैघाली खबर, २१ असोज ।

निर्देशक विकासराज आचार्यले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘हजार जुनी सम्म’मा स्टार कलाकारहरुको आगमन भएको छ । नायिका स्वस्तिमा खड्काले काम गर्ने बताइएतापनि अन्य कलाकार भने फाइनल भएका थिएनन् । तर, अब भने चलचित्रका अधिकांश कलाकार यो चलचित्रका लागि फाइनल भएका छन् ।

चलचित्रका लागि नायक आर्यन सिग्देल फाइनल भएका छन् । नायक आर्यन सिग्देलले १० लाख माथिको पारिश्रमिक लिएर चलचित्र साइन गरेको वुझिएको छ । निर्देशक विकासराज आचार्यले आर्यन फाइनल भएको बताएपनि पारिश्रमिकको बारेमा भने केही पनि बताएनन् ।

यस्तै, चलचित्रमा नायिका प्रियंका कार्की पनि हुने लगभग फाइनल छ । चलचित्रका लागि आर्यन सिग्देलसँगै सलोन बस्नेत पनि फाइनल भैसकेका छन् । यो चलचित्रका लागि एकजना नयाँ नायक पनि फाइनल गरिएको छ । दिल्लीमा बस्दै आएका अकी प्रधान चलचित्रका लागि फाइनल भएको वुझिएको छ । अकी चलचित्रका लागि संझौता गर्न एक दिन मात्र नेपाल आएर दिल्ली फर्किसकेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्