‘ए मेरो हजुर २’ को ट्रेलरले तोड्यो ‘लुट २’ को रेकर्ड



काठमाडौं – गत शुक्रवार साँझ ८ बजे सार्वजनिक गरिएको फिल्म ‘ए मेरो हजुर२’ को ट्रेलरले अहिलेसम्म सर्वाधिक हेरिएको
फिल्म ‘लुट २’ को ट्रेलरलाई पनि उछिनेको छ । ‘लुट २’ को ट्रेलर सार्वजनिक भएको २४ घण्टामा तीन लाख ७५ हजारले हेरेका थिए भने ‘ए मेरो हजुर२’ को ट्रेलर सार्वजनिक भएको २४ घण्टामा साढे ५ लाखभन्दा बढि पटक हेरिएको छ ।

भदाै १६ मा देशभरबाटै प्रदर्शनमा आउन लागेको उक्त चलचित्रले युट्युबमा किर्तिमानी भ्यूु पाएको छ । ‘ए मेरो हजुर २’ को ट्रेलरलाई २४ घण्टामा पाँच लाखभन्दा बढीले हेरेपछि ‘लुट २’ को रेकर्ड तोडिएको हो ।

फिल्म ‘ए मेरो हजुर २’को ट्रेलरलाई दर्शकहरुले युट्युब निकै रुचाएका छन् । ट्रेलरमा सबैभदा बढी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव नायक सलिनमान बानियाँको जोडीले तारिफ पाएको छ । ट्रेलरले विशेषत साम्राज्ञी र सलिनमान बिचको प्रेम र विछोडको कथा बोल्छ ।
सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन् भने फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाको रहेको छ ।

बसन्त सापकोटाको संगीत रहेको फिल्ममा बसन्त अधिकारी सहायक निर्देशकको रुपमा रहेका छन्। यो फिल्म ‘ए मेरो हजुर’ को सिक्वेल हो । स्व शिब रेग्मीको निर्देशन रहेको ‘ए मेरो हजुर’मा झरना थापा र स्व नायक श्रीकृष्ण श्रेष्ठले मुख्य भुमिका थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्