समाचार

नदिमा खेल्ने क्रममा डुबेर चार जनाको मृत्यु

By थाहा अनलाइन

October 07, 2018

काठमाडौं। महोत्तरी, काठमाडौं, धनुषा र रुपन्देहीको विभिन्न स्थानमा शनिबार ४ जनाको डुबेर मृत्यु भएको छ ।

महोत्तरी लोहारपट्टी नगरपालिका-८ भमरपुरास्थित बस्दै आएकी धनुषा सोहरसिगरजोराका सलामत राईनकी १ वर्षीय छोरी अफरीन खातुनको बाल्टीनको पानीमा डुबेर मृत्यु भएको हो ।

काठमाडौं महानगरपालिका-२० कोहिटी डेरा गरी बस्ने सिन्धुपाचोक मेलम्चीका रमेश तामाङको २० महिनाको छोरा सृजन तामाङ खेल्ने क्रममा सोही ठाउँस्थित बन्दै गरेको घरको रिजर्भ ट्याङकीमा खस्न गएकाले तत्काल उद्धार गरी उपचारको लागि वीर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

धनुषा गणेशमान चारनाथ नगरपालिका-१० नयाँटोल बरमझिया बस्ने उमेश यादवको २ वर्षीय छोरा दिलखुश यादवको आफ्नै घर पछाडि रहेको नहरमा खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

रुपन्देही कञ्चन गाउँपालिका-१ दानापुरस्थित पहिलो खोलाको बाँधमा सोही ठाउँ बस्ने गिरीप्रसाद काउछाको १० वर्षीय छोरा दिबश काउछाले माछा मार्ने क्रममा बेपत्ता भएकाले खोजी गर्ने क्रममा सोही बाँधमा मृत अवस्थामा फेला परेका हुन् ।