खेलकुद

नेपालले मलेसियालाई ५ विकेटले हरायो, मंगलबार अन्तिम खेलमा अफगानिस्तानसँग खेल्दै

By थाहा अनलाइन

July 24, 2017

सैघाली खबर काठमाडौं , ९ साउन

– आइसिसी १९ वर्षमुनिको विश्वकप छनौट अन्तर्गत सोमबार नेपालले मलेसियालाई पाँच विकेटले हराएको छ । मलेसियाले प्रस्तुत गरेको ९० रनको लक्ष्य नेपालले मात्रै २२ दशमलव २ ओभरमा पाँच विकेटको क्षतिमा भेट्टायो ।

नेपालका लागि रोहित कुमार पौडेलले नटआउट ३४ तथा दिपेन्द्र सिंह ऐरीले नटआउट १९ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले ३५ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ८९ रन बनाएको थियो । नेपालका सन्दिप लामिछानेले सात विकेट लिए । यस्तै साहब आलमले दुई विकेट लिएका छन् ।

पाँच खेलमा चार खेल जितेको नेपालको ८ अंक भएको छ । नेपालले यसअघि भएको खेलमा मलेसियालाई पाँच विकेटले हराएको थियो । डबल राउण्ड रोबिन लिगका आधारमा सिंगापुरमा भइरहेको प्रतियोगितामा नेपालले मंगलबार आफ्नो अन्तिम खेलमा अफगानिस्तानसँग खेल्ने छ । यसअघि भएको अफगानिस्तानसँगको खेलमा भने नेपाल पराजित भएको थियो । प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली विश्वकपका लागि छनौट हुनेछ ।