मुलपानी जुवा प्रकरण: डिएसपी होविन्द्र भन्छन् यस घटनामा कुनै शंका नगर्नुस् (भिडियो)



रेणु डि.सी.
सैैघाली खबर, २२ असोज ।
असोज १९ गते शुक्रबारका दिन जुवाखालमा प्रहरीले अप्रेशन चलाएको र त्यसक्रममा दुई जनाको मृत्यु भएको घटनाप्रति कुनै शंका नर्गन महानगरिय प्रहरी परिसर टेकुका डिएसपी होविन्द्र वोगटीले आग्रह गरेका छन् । स्थानिएले पटक–पटक मुलपानी स्थित उक्त घरमा ठुलो मात्रामा जुवा खेलाईरहेको भन्ने सुचना आफुहरुलाई प्राप्त भएपछि प्रहरी त्यहाँ पुगेको डिएसपी वोगटीले बताए ।

डिएसपी वोगटी भन्छन्, जव हामि त्यहा पुग्यौ डे«समा भएका प्रहरीले पुरै घर घेरा हाल्यौ र केहि सिभिल डे«समा भएकाहरु घर भित्र पस्यौ । जव दोस्रो तल्लामा पुग्यौ त्यहाँ गेटमा निकै ठुलो ताला लगाईएको थियो, त्यसपछि हामिहरु त्यो ताला फोड्नमै व्यस्त भयौ । चेन गेट खोल्न खोज्दा खोज्दै भागदौड मच्चिएको र उक्त घटना हुन पुगेको उनले बताए ।

वोगटीका अनुसार जुवा तेस्रो तल्लामा खेलिरहेका थिए । आफुहरुले पटक–पटक हामिहरु प्रहरी हो तपाईहरु नभाग्नुस् हामि केहि गर्दैनौ भनेर सुचना गरिरहदा पनि उनिहरुले नमानेको बोगटी बताउछन् ।

उनि भन्छन्, जव हामिहरु गएको उनिहरुलाई थाहा भयो त्यसपछि कोहि झ्यालबाट हाम फाले, कसैले संगै सटेको घरमा हाम फालेर भागे , त्यसैक्रममा ति दुई व्यक्ति पनि झ्यालबाट पल्लो घरको ब्रन्डामा हाम फाल्न खोज्दा चिप्लिएर लडेका हुन् । जुन घटना हामै अगाडि भयो र त्यहाँ प्रत्यक्ष दर्शिहरु पनि थिए त्यसैले यस घटनामा कुनै शंका गर्नु पर्दैन । ३ तलामाथिबाट हाम फाल्दा सरोज घले र सानुलाल तामाङ गम्भीर घाइते भएका थिए । त्यसपछि उनीहरुलाई उपचारका लागि बी एण्ड बी अस्पताल ग्वार्को लगिएको डिएसपी वोगटीले बताए ।यद्यपि, त्यहाँ चिकित्सकहरुले दुवै जनालाई मृत घोषणा गरे ।

उनिहरुलाई अस्पताल पु¥याएर आफुहरु पुनः त्यहि घरमा फर्केको र निकै लामो प्रयास पछि ताला फोड्न सफल भएको उनले बताए । जव प्रहरी तेस्रो तल्लामा पुग्यो त्यहाँ उनिहरुले २४ जनालाई नियन्त्रणमा लिएका थिए । साथै प्रहरीले उनिहरुको साथबाट साढे चार लाख नगद, सुन, मोटरसाईकल, रक्सि लगाएत सामग्रिहरु पनि नियन्त्रणमा लिएका थिए । यस घटनासंग प्रत्यक्ष रुपमा जोडिएका डिएसपी होविन्द्र वोगटीसंग गरिएको कुराकानि हेर्नकोलागि तलको भिडियोमा किल्क गर्नुहोला ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्