मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला नभए आन्दोलन गर्छौं-महिला संघ



सैघाली खबर
काठमाण्डौ
९ साउन
। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघले मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिता नगराए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

 

कांग्रेसकै सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् र उनी भोलि मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका छन् ।

सोमबार पत्रकार सम्मेलन गरेर महिला संघकी अध्यक्ष उमा रेग्मीले २५ फुलमन्त्रीमध्ये एकतिहाई महिला नभए सरकारबिरुद्ध आन्दोलन गर्ने चेतावनी दिएकी हुन् ।

‘हामीले विगतदेखि नै विभिन्न सकारमा महिला सहभागिताका बारेमा विशेष जोडले आफ्ना कुराहरु उठाउँदै आएका छौं’ उनले भनिन्, अहिले हाम्रै पार्टी सरकारमा छ, माओवादीको सहभागिता छ, दुई पार्टी महिला सहभागिताबारे गम्भिर हुनुपर्छ ।’

 

दलहरुले लगभग मन्त्री छानिसके, दबावले कति काम गर्ला भन्ने प्रश्नमा अध्यक्ष रेग्मीले भनिन्, ‘अहिले फलाम तातेको छ, हामी घन बजाउँछौं, घन सही ठाउँमा प्रहार गर्छौं ।’

आफूहरुकै आन्दोलनका कारण स्थानीय तह निर्वाचनमा महिला सहभागिता बढेको उनको दाबी छ ।

संघकी कोषाध्यक्ष जानकारी सिंहले भनिन्, ‘हामीले यो पत्रकार सम्मेलन गर्नुपूर्व प्रधानमन्त्रीलाई खबरदारी दिएका छौं, उहाँले म बिचर गर्छु भन्नु भएको छ, बिचार गरेर मात्र हुँदैन । कुनै पनि हालतमा क्याविनेटमा ३३ प्रतिशत अनिवार्य सहभागिता चाहिन्छ ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्