समाचार

दाङ जिल्लाको सुरक्षा संबेदनशीलता प्रति संबेदनशील बन्न प्रशासनलाई आग्रह

By थाहा अनलाइन

July 24, 2017

शरद रेग्मी दाङ,९ साउन । मानव अधिकार तथा शान्ति दाङ शाखाले जिल्लामा सुरक्षा संबेदनशीलता प्रति चिन्ता ब्यक्त गरेको छ । समाज दाङ शाखाको आज आईतबार बसेको शान्ति सुरक्षाको संबेदनशीलता प्रति राज्य गम्भीर बन्न आग्रह गरिएको छ ।

श्रृखलाबद्ध हत्या,रहस्यम मृत्यु,अपहरण,फिरौती,सामुहीक बलत्कारका घटना हुनु मानव अधिकारको ठाडो उल्लघन भएको भन्दै तत्काल शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन राज्यसग शान्ति समाज दाङ शाखाले आग्रह गरेको छ । देबिप्रसाद धिताल हेमराज हत्याकाण्ड,जगदीश डाँगी जेडिको हत्यारालाई पक्राउ गर्न नसक्नु,राजकुमार श्रेष्ठ,रणबहादुर घर्ती हत्या,रत्नबहादुर वलीको रहस्यमय मृत्यु लगायतका घटनाले आम नागरिकले शान्ति सुरक्षा प्रति प्रस्न उठाएकोले यस प्रति संबेदनशील बन्न प्रशासनलाई आग्रह गरिएको छ ।

यस्तै पटक पटक बिभिन्न स्थानमा हुने वलत्कार,चन्दा आतंक,आक्रमण लगायतका घटनालाई बिशेष ध्यान दिन सुरक्षा निकायसग आग्रह गरिएको छ । शान्ति समाजका सभापति सुरेश हमालको अध्यक्षता एबम केन्द्रीय सचिब सुशील बस्नेतको बिशेष उपस्थीतिमा भएको बैठकले मानव अधिकार शिक्षा,दुब्र्यसनी सम्बन्धि अनुशिक्षण लगायतका कार्यक्रम गर्ने निर्णय गरिएको सचिब शरद रेग्मीले जानकारी दिनुभयो । बैठकमा शान्ति समाजका केन्द्रीय योजना बिभाग संयोजक मोहन धिताल,केन्द्रीय शिक्षा संयोजक निर्मल नेपाली, दाङ शाखाका संस्थापक सभापति डिल्लीराज धिताल,पूर्ब सभापति तेजबहादुर कार्की लगायतको उपस्थीति थियो । सो अबसरमा शान्ति समाजका पूर्ब सभापति सुरेश श्रेष्ठ तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ को वडा सदस्यमा निर्बा्चित र तुलसीपुर उद्योग बाणिज्य संघको सदस्यमा हेमेन्द्र खडका बिजयी हुनुभएकोमा बधाई ज्ञापन गरिएको थियो ।