क्लीन तुलसीपुर ग्रिन तुलसीपुर ४९ औं हप्तामा



शरद रेग्मी
दाङ ९ साउन । दाङको तुलसीपुरमा संचालन भईरहेको क्लीन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियान भोली देखि ४९ औं हप्तामा प्रवेश गर्दैछ ।
मंगलवार विहानको सरसफाई अभियानको शुभारम्भ विरेन्द्र चौक देखि संचालन हुने आयोजकले जनाएको छ । तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर उप–महानगरपालीका को मुख्य आयोजना तथा दर्जनौं समाजिक संघ संस्थाहरुको सहकार्यमा संचालन भईरहेको सरसफाई अभियानको नेतृत्व मंगलवार नेवार समाज तुलसीपुरले गर्न लागेको सरसफाई अभियानका संयोजक विमल रिजालले जानकारी दिनु भयो ।
यसै विच भोलीको सरसफाई अभियान विरेन्द्र चौकवाट ५ नम्बर वडा कार्यालय हुदै (ख) लाईन वाहिनी चौक सम्म सरसफाई हुने आयोजक संस्था तुलसीपुर उद्योग वाणिज्य संघका कार्यालय प्रमुख पारेश्वर भटृराईले जानकारी दिनु भयो । यता आयोजक सस्थाले भोली विहान ७ वजे विरेन्द्र चौकमा उपस्थितीका लागि सबैमा अनुरोध गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्