समाचार

क्लीन तुलसीपुर ग्रिन तुलसीपुर ४९ औं हप्तामा

By थाहा अनलाइन

July 24, 2017

शरद रेग्मी दाङ ९ साउन । दाङको तुलसीपुरमा संचालन भईरहेको क्लीन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियान भोली देखि ४९ औं हप्तामा प्रवेश गर्दैछ । मंगलवार विहानको सरसफाई अभियानको शुभारम्भ विरेन्द्र चौक देखि संचालन हुने आयोजकले जनाएको छ । तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर उप–महानगरपालीका को मुख्य आयोजना तथा दर्जनौं समाजिक संघ संस्थाहरुको सहकार्यमा संचालन भईरहेको सरसफाई अभियानको नेतृत्व मंगलवार नेवार समाज तुलसीपुरले गर्न लागेको सरसफाई अभियानका संयोजक विमल रिजालले जानकारी दिनु भयो । यसै विच भोलीको सरसफाई अभियान विरेन्द्र चौकवाट ५ नम्बर वडा कार्यालय हुदै (ख) लाईन वाहिनी चौक सम्म सरसफाई हुने आयोजक संस्था तुलसीपुर उद्योग वाणिज्य संघका कार्यालय प्रमुख पारेश्वर भटृराईले जानकारी दिनु भयो । यता आयोजक सस्थाले भोली विहान ७ वजे विरेन्द्र चौकमा उपस्थितीका लागि सबैमा अनुरोध गरेको छ ।