‘छक्का पञ्जा ३’ को लागि टिकट सुरक्षित गर्दै दर्शक



सैघाली खबर, २३ असोज ।

यस बर्षको बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा ३’ को मल्टिप्लेक्समा शोज खुला गरिएको छ । मल्टीस्टारर फिल्मलाई क्युएफएक्स अन्र्तगतका हलमा सर्वाधिक ३० शो दिइएको छ । देशका अन्य मल्टीप्लेक्समा पनि ‘छक्का पञ्जा ३’ लाई सर्वाधिक उच्च शो उपलब्ध गराइएको छ ।

शो खुला गरिए लगत्तै क्युएफएक्स अन्र्तगतका हलमा दर्शकले आफ्नो टिकट सुरक्षति सुरु गरेका छन् । शो खुला गरिएको सोमबार रातीसम्म ‘छक्का पञ्जा ३’ को ६ शो तिव्र रुपमा बुकिंग हुँदैछन् । उसो त ‘छक्का पञ्जा २’ लाई यसो तेश्रो श्रृंखलालाई भन्दा क्युएफएक्सले ६ शो बढी उपलब्ध गराएको छ ।

दिपाश्री निरौला निर्देशित फिल्म देशभरका एक सय पैतालिस हलहरुमा असोज २४ गते, घटस्थापनादेखि लाग्दैछ । कमेडी र ग्रामिण भेगमा शैक्षिक महत्वलाई उठाइएको फिल्म ‘छक्का पञ्जा ३’ मा दिपकराज गिरी, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, बुद्धि तामांग लगायत दर्जन बढी कलाकारहरुको अभिनय छ । यसअघिका सिरिज जस्तै छक्का पञ्जा ३ ले पनि आक्रमक व्यापार गर्ने अपेक्षा राखिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्