ब्रेकअप पछि पनि परमिता र आयुषमान कति मिलेका



सैघाली खबर, २३ असोज ।
चलचित्र ‘चङ्गा चेट’को ट्रेलर सार्वजनिक कार्यक्रम निकै नै जिज्ञासापुर्ण बन्यो । कार्यक्रम जिज्ञासापुर्ण बन्नुको कारण थियो पूर्व प्रेम जोडी आयुष्मान देशराज जोशी र परमिता आर एल राणाको उपस्थिती ।

सुरुवातमा परमिता आयुष्मान भन्दा पर बसेकी थिइन् । तर, चलचित्रका निर्माता माधव वाग्लेले परमितालाई आफू बसेको ठाउँ छाडिदिएपछि आयुष्मान र परमिता एकसाथ भए । यसपछि उनीहरुविच लामो कुराकानी भयो । उनीहरु विचकोे कुराकानी हेर्दा लाग्दैनथ्यो कि, उनीहरुविच कुनै तिक्तता छ ।

आयुष्मानले नायिका प्रियंका कार्कीसँग इन्गेजमेन्ट गरिसकेका छन् भने परमिता पनि प्रेममा छिन् । आयुषमान र परमिताको निकटता देखेर पत्रकारहरु अचम्मित हुदै तपाईहरुको ब्रेकअप भएको होईन र ? भनेर पनि प्रश्न गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्