पोखरीमा डुबेर बालकको मृत्यु



लहान, २३ असोज । पोखरीमा डुबेर सिरहाको नवराजपुर गाउँपालिका– ४ मा आज एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवराज गाउँपालिका– ४ निवासी जीतेन्द्र यादवको तीन वर्षीय छोरा सुन्दरकुमार यादव रहेको प्रहरीले जनाएको छ । घर नजिकैको पोखरीको डिलमा खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्