समाचार

आठ वर्षिय बालकले पाएनन् न्याय

By थाहा अनलाइन

July 24, 2017

डोल्पा, ९ साउन । डोल्पा मुड्केचुला गाउँपालिका वडा नं ८ सर्मिका ८ बर्षीय हेमन्त ठकुल्ला स्थानीय लालबहादुर रोकायाको पिटाईबाट घाईते भएकोमा अहिलेसम्म न्याय पाउनु भएको छैन ।

यहि गत असार २९ गते स्याउ खाएको आरोपमा ती बालकलाई रोकायाले कुटपिट गर्दा भित्री गम्भीर चोट लागेको पीडितका बुबा बमबहादुरले बताउनु भयो । सदरमुकाम दुनै देखि ४७ कोष टाढा रहेको मुड्मेचुला गाउपालीका वडा नं ७ सर्मिका लाल बहादुर रोकायाको घर नजिक रहेको भुईमा खसेको स्याउँ खान गएका समयमा आफुलाई रुखको स्याउ खाएको आरोपमा स्थानिय लाल बहादुर रोकायाले कुटपिट गरि नदुख्ने औषधि ‘बु्रफिन’ खुवाएर घरमा पठाएको पिडित बालकको भनाइ छ ।

तर गाउँमा अहिलेसम्म पहल गरेपनि न्याय नपाएपछि सदरमुकाम आइपुगेको बालकका बुबाको भनाइ छ । अहिले महिला तथा बालबालिका कार्यालयमा निवेदन दिइएको उहाँले बताउनुभयो । कुटपिटपछि खानु भनेर दिएको औषधि र निलडामको फोटोसहित न्याय खोजिरहे पनि कसैले सहयोग नगरेको उहाँको गुनासो छ ।