आफ्नै गर्लफ्रेन्डकी १० बर्षिय छोरीमाथी बलात्कार, १ सय ६० वर्ष जेल सजायको फैसला



पछिल्लो समयमा हाम्रो देशमा बलात्कारका जघन्य अपराधका घटनाहरु बढिरहेका छन् । उता विश्वको सबैभन्दा विकशित तथा शक्तिशाली देश अमेरिका पनि बलात्कारको मामिलामा कम छैन ।

हालै त्यहाँ एकजना पुरुषले बालिकामाथि बलात्कार गरेको आरोपमा १ सय ६० वर्षको जेल सजाय सुनाइएको खबर प्रकाशमा आएको छ ।

अमेरिकाको जर्जियामा यो घटना भएको हो । एटलान्टामा बस्ने ३४ वर्षका निकोलस डिओन नामका व्यक्तिले आफ्नै गर्लफ्रेण्डकी १० वर्षीया छोरीमाथि बलात्कार गरेको हो ।

१० वर्षीया बालिकामाथि बलात्कार गर्ने डिओनलाई एटलान्टाको अदालतले १ सय ६० वर्षको जेल सजाय हुने फैसला गरेको हो । अदालतले ती व्यक्तिको कार्य निकै शर्मनाक र जघन्य रहेको ठहर गरेको छ । दुई वर्षअघिको घटनामा अदालतले हालै फैसला सुनाएको हो ।

निकोलसलाई १ सय ६० वर्षको जेल सजायँ भएकोमा उनले १ सय ३६ वर्षसम्म पेरोल पनि पाउनेछैनन् । अर्थात् १ सय ३६ वर्षसम्म उनको कैद मिनाहा हुनेछैन र जेलमै बस्नुपर्नेछ । यसको अर्थ अब उनी नमरुन्जेल जेलमै बस्नुपर्नेछ ।

ती व्यक्तिले १० वर्षीया बालिकालाई १० पटक बलात्कार गरका थिए । ८ वर्षको उमेरमा बालिका पहिलोपटक बलात्कारमा परेकी थिइन् । अहिले ती बालिका १३ वर्षकी भएकी छिन् ।

गत वर्ष १२ वर्षको उमेरमा ती बालिकाले बच्चा जन्माएकी थिइन् । निकोलसको बलात्कारकै कारण ती बालिकामा गर्भ रहन गएको थियो ।एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्