नौ दिन पछि मृतक परिवार शव बुझे



सैघाली खबर
घोराही ९ ,दाङ । गत जेष्ठ २६ गते अपहरण परी हत्या भएका घोराही उप–महानगरपालिका १२ का २७ वर्षिय मृतक रण वहादुर घर्तिको शव मृतक परिवारका परिवारले बुझेका छन ।

मृतक परिवार र स्थानिय प्रसासन विचको लगातारको छलफल पछि मृतक परिवार शव फेला परेको ९ दिन पछि शव बुझ्ीलगेको प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठले जानकारी दिए । मृतक परिवार र स्थानिय प्रसासन विच मृतक घर्तिका दुई छोराको उचित शिक्षा दिक्षाको व्यावस्था , श्रीमती लाई रोजगार र राज्यले दिन सक्ने क्षतिपुर्तिको दिलाउन सहमतिमा मृतक परिवारले सोमवार शव बुझिलिएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिए ।

हत्या भएको करिव १ महिना पछि मात्रै फेला परेको घर्तिको शव परिवारले फेला परे पनि विभिन्न मागहरु राख्दै शव बुझ्न मानेको थिएनन । परिवारले शव बुझी सोमवार नै संस्कारीक चालचलन अनुसार अन्त्यष्ट्री गरेका परिवारिक स्रोतले जानकारी दिएका छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्