फुलवारीमा बस्ती स्तरीय योजना छनौट



सैघाली खबर
तुलसीपुर ९ , साउन । तुलसीपुर उपमहानगरपालिका १३ ले योजना छनौटको लागि गाउँ बस्तीस्तरको भेला सकेको छ । नगरसभामा योजना पेश गर्नको लागि भेला गरेको वडा कार्यालयका सामाजिक परिचालक गोविन्द सुवेदीले वताएका छन् । उनका अनुसार साउन ६ गतेवाट शु? भएको भेला सोमवार सकिएको हो । भेला बखरिया, अम्बापुर, गिदनिया, मजघटुवा र बराखुट्टीमा भेला भएको थियो । भेलामा वडा नागरिक मञ्च, जनप्रतिनिधि र स्थानीयको सहभागिता थियो । वडा अध्यक्ष डम्बरबहादर न्यौपानेले विकासहकार्य गरेर जाने वताए । वडावासीले वडाकार्यालयलाई जोडने सडक कालोपत्रे गर्न र उच्च शिक्षा र गुणस्तरीय स्वास्थ्य, सिचाइ र खानेपानीका योजना प्रमुख सँग राखेका छन् । भेलामा योजना छनौटको प्रक्रियामा वडा कार्यालय सविच स्थानेश्वर न्यौपानेले प्रकाश पारेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्