‘सुरक्षा लाई चुस्तता , विकासमा तिव्रता ’



सैघाली खबर
दाङ ९ , साउन । दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले दाङको सुरक्षा व्यावस्था लाई चुस्तता र विकास लाई तिव्रता दिने प्रतिवद्धता जनाएका छन । भर्खरै सरुवा भई दाङ आएका प्रमुख जिल्ला अधिकारी श्रेष्ठले पत्रकारहरु भेटघाट गर्दै यस्तो वताएका हुन ।

दाङमा पछिल्लो केही समय यता अपराधिक गतिविधि अलि वढी हुने र विकासमा अलपत्र परेकाले दाङको सुरक्षा र विकास लाई एकसाथ थालनी गरी सुरक्षा चुस्त र विकास लार्इं तिव्र विकास गर्ने प्रयास गरिने वताए । दाङका खोलाहरुमा निर्माणाधिन अलपत्र अवस्थामा रहेकाले नागरिकहरु जोखिम पुर्ण सवार गरिरहनु परेकाले अलपत्र परेका विकास लाई तिव्रता दिई नागरिक सहजताका लागि निकास खोजिने वताए ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले केही समय यता दाङमा अपराधिक गतिविधिहरुको सक्रियता पनि वढ्दै गईरहेकाले शान्ती सुरक्षा माथि केही आँच समेत आई रहेकाले दाङको सुरक्षा व्यवास्था लाई अझै कडाईका साथ लागु गरी सुरक्षा व्यावस्था लाई अझै शशक्त र मजवुत वनाउने वताए । उनले भने –‘जिल्लामा एकै दिनमा दुई जनाको विभत्स हत्या भयो । ’ उक्त घटनाले दाङ लाई शोकमय तुल्यायो ।

तर प्रहरी प्रसासनको सक्रियताले अपराधिहरु कानुनी कटघरामा उभिसकेका छन । तर त्यो होईन कि दाङ अपराध मुक्त जिल्ला वनाउछु भन्न सकिदैन । तर अपराध लाई घटाउन सकिन्छ । जसका लागि नागरिक सहयोग र सहकार्यता निकै आवश्यक छ । प्रहरी प्रसासनको एक्लो प्रयासले मात्रै केही नहुने भएकाले नागरिक र प्रहरी प्रसासन विचको दोहोरो सम्वन्ध र सहकार्यताका आवश्यक रहेको उनले ठहर गरे । विकास फैलाउन पनि नागरिकहरुको हात , अपराध लाई घटनामा पनि नागरिकहरुको हात रहेकाले नागरिक आफै सचेत र संवेदनशिल भए सुरक्षित र समृद्ध समाज निर्माण स्वतह हुने उनले भनाई राखे । पछिल्लो समयमा हत्या, बलात्कार तथा चोरी र डकैटी जस्ता अपराधिक गतिविधिहरु दाङमा अलि सक्रिय वन्दै गईरहेकाले अपराध विमख दाङ वनाउन सवैमा आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले पत्रकार सम्मेलनका विचमा पत्रकार वाधक र साधक दुवै रहेकाले निष्ठामा रहे पत्रकारिताको कलम चलाउन आग्रह गरे । कतिपय समाचारहरु अपुष्ट्र र अपत्यारीलो हुने र नागरिकहरु भ्रमित वनाउन खालका समाचार पछिल्लो केही दिन यता सार्वजानिक भईएकाले समाचार संकलन सप््रोशन गर्दा सत्य ,तथ्य विषय बस्तुको आधारित रही समाचार प्रकाशन तथा प्रशारण गर्न आग्रह गरे । उनले प्रदेश राजधानी निर्माणको लागि दाङ चर्चामा चलिरहेका वेला प्रसासनिक क्षेत्र वाट पनि दाङ लाई राजधानीका रुपमा विकास गर्न प्रयास थालनी समेत वताए ।

जिससको प्रगती विवरण सार्वजानिक

यसैविच उक्त कार्यक्रमको अवसरका विच जिल्ला समन्वय समिति दाङले आफ्नो वार्षिक प्रगती विवरण सार्वजानिक गरेको छ । जिल्ला समन्वय समिति दाङ चालु आर्थिक वर्ष ०७३÷७४मा संञ्चालन गरेका कार्यक्रमहरु सार्वजानिक गरेको हो । जिल्ला समन्वय समिति दाङका स्थानिय विकास अधिकारी कुल वहादुर जिसीले प्रगती प्रतिवेदन सार्वजानिक गर्दै कुल योजना मध्ये जिल्ला समन्वय समिति दाङले ९३ दशमलव २६ प्रतिशत भौतिक प्रगति गरेको जानकारी दिए । स्थानिय विकास अधिकारी जिसीका अनुसार कुल एक हजार , एक सय , २९ आयोजनाहरु मध्ये एक हजार ५३ ओटा योजनाहरु मात्रै सम्पन्न भएको वताए । जसमा ७३ सम्पन्न हुन नसकेको जानकारी दिए । कुल विनियोजित रकमको ९४ करोड , ३१ लाख , ७३ हजार , १ सय ३४ रुपैया मध्ये ९० करोड , ५२ लाख , ८७ हजार , ९ सय ५६ रुपैया खर्च भएको र वाँकी ३ करोड १३ लाख , ५ हजार , १ सय ७७ रुपैया फ्रिज पुँजीगत तर्फ फ्रिज भएको जानकारी दिएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्