अन्तर्राष्ट्रिय

यि चर्चित व्यक्ति, तस्विर हेरेर चिन्न सक्नुहुन्छ ?

By थाहा अनलाइन

October 11, 2018

सैघाली खबर, २५ असोज ।

बलिउड सुपरस्टार अमिताभ बच्चन अभिनित साउथ चलचित्रको फस्ट लुक्स सार्वजनिक भएको छ। उनको जन्मदिनको अवसर पारेर अमिताभको साउथ चलचित्रको मोसन पोस्टर सार्वजनिक गरिएको हो।

‘सई रा नरसिम्हा रेड्डी’ मा गेस्ट रोलमा रहेका उनको लुक्सको मोसन टिजर यूट्युबमा रिलिज गरिएको छ । चलचित्रमा साउथ सुपरस्टार चिरञ्जीवी प्रमुख भूमिकामा छन् । हालैमा हैदराबादमा छायांकन भएको चलचित्रमा अमिताभको केमियो रहेको छ ।

चलचित्रको कहानी स्वतन्त्रता सेनानी यू नरसिम्हा रेड्डीको जीवनमा आधारित छ । तेलुगू, तम‍िल, कन्नड र मलयालममा चार भाषामा रिलिज हुने चलचित्रलाई सुरेन्दर रेड्डीले निर्देशन गरेका छन्।