g]sf, s]Gb| / dw];L bnsf] a}7s g]sf ;efklt z]/axfb'/ b]pjf, g]skf -dfcf]jfbL_ s]Gb|sf cWoIf k'iksdn bfxfn dw]; s]Gb|Lt bn;Fu zLif{ g]tfx?sf] a}7sdf z'qmaf/ l;+xb/af/df ;xefuL x'g hfFb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

मुख्य समाचार

आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

By थाहा अनलाइन

July 25, 2017

सैघाली खबर साउन १०

प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको छ । हिजो मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएपनि कांग्रेसको केन्द्रीय समिति बैठकका कारण आज मात्रै गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । माओवादी केन्द्रले मन्त्रिपरिषद्मा जानेको नाम टुंगो लगाए पनि कांग्रेसमा आज टुङगो लगाउनेछ । कांग्रेसभित्रै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई ५, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेता खुमबहादुर खड्का पक्षबाट एक÷एक जना भागबन्डाका आधारमा मन्त्री बनाउने देउवाको तयारी छ । आज कांग्रेस, माओवादी केन्द्र, फोरम लोकतान्त्रिकबाट मन्त्री बनाइने छ । स्रोतका अनुसार १८ जना मन्त्री आजै थपेर विस्तार गर्ने गरी गृहकार्य भइरहेको छ । मन्त्रीको नाम तय गर्न बिहान नेपाली कांग्रेसको बैठक बस्दैछ । माओवादीले मन्त्रीको नाम टुंग्याए पनि सार्वजनिक गरेको छैन । स्रोतका अनुसार माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, आशा खनाल, टेकबहादुर बस्नेत, सीता नेपालीलगायतको नाम समावेश भएको चर्चा छ । फोरम लोकतान्त्रिकले भने यसअघि नै मन्त्री भएका जितेन्द्र देव र गोपाल दहितलाई पठाउने भएको छ । कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६ र लोकतान्त्रिक फोरमबाट २ समेत गरी १८ मन्त्री थप गर्ने तयारी प्रधानमन्त्री देउवाले गर्नुभएको छ ।