नेपाल र अफगानिस्तान बीच खेल जारी



सैघाली खबर
साउन १०

१९ वर्ष मुनिको विश्वकप क्रिकेट प्रतियोगिताको लागि एसियाली समूहको छनोट खेलमा नेपाल र अफगानिस्तान बीच खेल भइरहेको छ । चार टोली सहभागी छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले मात्र विश्वकपमा खेल्ने अवसर पाउने भएकाले यो खेलमा नेपालले अफगानिस्तानलाई जितेर मात्र पनि पुग्ने छैन । अफगानिस्तानमाथि अत्यन्तै फराकिलो अन्तरको जित हात पारेको खण्डमा मात्रै नेपाल विश्वकपमा छानिनेछ । यसअघि खेलिएको पहिलो खेलमा नेपालले अफगानिस्तानसँग १ सय ४१ रनको हार बेहोरेको थियो । अहिलेसम्म आठ अंकका साथ नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ । पाँच वटै खेल जितेको अफगानिस्तान १० अंकसहित शीर्ष स्थानमा छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्