समाचार

एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण

By थाहा अनलाइन

July 25, 2017

सैघाली खबर बाँके, साउन १० – नेकपा एमालेले प्रदेश नम्बर ५ मा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिका लागि दुईदिने अभिमुखिकरण तालिम मङ्गलबारदेखि नेपालगञ्जमा सुरु भएको छ । अभिमुखिकरणमा प्रत्येक तहबाट निर्वाचित दुईजना जननिर्वाचित प्रतिनिधीहरुको सहभागि रहेका छन । अभिमुखिकरणमा प्रदेश ५ का स्थानीय तहमा एमालेबाट विजयी १५८ जना प्रमुख, उपप्रमुख र वडा अध्यक्षको सहभागिता रहेको छ । अभिमुखिकरणको नेकपा एमालेका कार्यबाहक अध्यक्ष बामदेव गौतमले उद्घाटन गर्दै स्थानीय तहको चुनावमाझै प्रदेश र सङ्घको निर्वाचनमा पनि पार्टी विजयी हुने दाबी गर्नुभयो ।

अभिमुखिकरणमा एमालेका उपमहासचिव तथा प्रदेश संयोजक विष्णु पौडेल, सचिव गोकर्ण बिष्ट र प्रदिप ज्ञवाली, स्थायी कमिटी सदस्य शंकर पोख्रेल र छबिलाल विश्वकर्मा लगायतका नेताहरुको सहभागिता रहेको छ ।

एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले जननिर्वाचित पदाधिकारीलाई विकास र जनसेवाका लाग्न मार्गनिर्देशन गरेर जिल्लामा पठाइने बताउनुभयो । उहाँले दुई नम्बर प्रदेशमा पनि स्थानीय तहमा एमाले पहिलो दल बन्ने दाबी गर्दै प्रदेश र सङ्घको चुनावको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।